Wednesday, March 27, 2013

पूर्वसभासद् यादव महामूर्ख ठहरिए

१५ चैत, जनकपुर । करिब एक दर्जन प्रतिस्पर्धीलाई पाखालगाउँदै पूर्वसभासद्
एवं धुनषा कांग्रेसका सभापति रामसरोज यादव महामूर्ख चयन भएका छन् । अर्का
सभासद् रामकृष्ण यादव वैशाख नन्दन तथा जनकपुर नगर पालिकाका कार्यकारी
प्रमुख इन्जिनियर वीरेन्द्र यादवलाई मच्छराधीशको पदवीको हकदार भएका छन् ।
मिथिला नाट्यकला परिषद् (मिनाप) ले आयोजना गरेको दुई दिवसीय होरी
महोत्सवको दोस्रो दिन बुधबार रंगारंग समारोहबीच विभिन्न क्षेत्रका १०
विशिष्ट व्यक्तिलाई विभिन्न मान पदवीबाट सम्मानित गरिएको हो ।
वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष दिगम्बर रायलाई
मूर्खशिरोमणि, मैथिली केन्द्रीय विभागका प्रमुख प्रा. परमेश्वर कापडीलाई
घूसकार, पूर्व नगर प्रमुख बजरंगप्रसाद साहलाई खेसारीलाल, बाम विचारक शीतल
झालाई हराशंख, मैथिली ब्राह्मण समाजका अध्यक्ष पवन झालाई बंशकुडहरि तथा
मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीलाई मुसरीलालको पदवी दिइएको
कान्तिपुर दैनिकमा खबर छ ।
पदवी पाएका यादबले भने 'जीवनमा अनेकौं मानपदवी पाएको छु, तर आज महामूर्ख
बनेर जति प्रसन्नता कहिले पनि प्राप्त भएको थिएन ।'

No comments:

Post a Comment