Wednesday, March 27, 2013

साँखेजुङमा भेटियो ५५ फिटे सुरुङ, हेर्नेको घुइँचो

१५ चैत, इलाम । इलामको साँखेजुङमा झन्डै ५५ फिटभन्दा लामो सुरुङ फेला
परेको छ । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालको पुख्र्यौली घरदेखि केही
माथि नेपालटार मंगलवारे सडक खण्डको चतुरे मोडदेखि खनिएको मोटरएवल सडकको
केही तल तेजनाथ खनालको जमिनमा खनिएको सुरुङ फेला परेको हो ।
स्थानीयबासी पनि सुरुङको बारेमा अनविज्ञता प्रकट गर्न थालेका छन् ।
सुरुङभएको स्थान नजिकै भएका सुरने राइले भने,'यो कहिले खन्यो, किन खन्यो,
बाँस काट्न जाँदा सालकले खनेजस्तो लाग्यो र हेरेको ठूलो सुरुङछ,'उनले भने
'म पहिले रोजगारका लागि विदेश जाँदा यस्तो थियो जस्तो लाग्दैन, अहिले
आफैले देखें ।'
सुरुङ कहिले र के प्रयोजनका लागि खनिएको भन्ने खुल्लन नसकेपनि त्यसको
अवस्थाका बारेमा अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय इलामले
जनाएको छ । कुनै भूमिगत समूहले हतियार लुकाउने प्रयोजनका लागि सुरुङ
खनेको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।सरुङ खनिएको थाहा पाएपछि
प्रहरीले अनुसन्धान थालेको हो ।
सुरूङ हेर्न भेला भएका स्थानीयबासी
सुरुङ निर्माणका लागि झम्पल, गैतीलगायतका औजार प्रयोग गरिएको प्रहरीको
भनाई छ । उक्त सुरुङ हेर्न आजभोली स्थानीयबासीको उल्लेख्य उपस्थिति बढ्न
थालेको छ ।

No comments:

Post a Comment