७ चैत, सुनसरी । जिल्ला शिक्षा कार्यालयले एसएलसीलाई मर्यादित बनाउने
प्रतिबद्धता जनाए पनि क्षेत्रीय शिक्षा निर्देशनालयका उपसचिव चूडामणि
फुयाल र शिक्षक युनियन सुनसरीका अध्यक्ष गोविन्द मिश्रले आफ्नै
श्रीमतीलाई गार्ड बनाएको पाइएको छ ।
उपसचिव फुयालकी श्रीमती दुर्गा र युनियन अध्यक्ष मिश्रकी श्रीमती इन्दु
इटहरीस्थित ज्याति माविको केन्द्रमा गार्ड बसेका हुन् । एसओएस बालग्राममा
पढ्ने उपसचिवका छोरा जीवन फुयाल र जनता माविबाट रजिस्ट्रेसन र्फम भरेकी
मिश्रकी छोरी आस्थालाई पास गराउनकै लागि यो 'सेटिङ' भएको श्रोतले बताएको
छ ।
मिश्रकी छोरी इटहरी ५ मा रहेको लिटल फ्लावर बोडिङमा पढ्ने गरेको भएपनि
सरकारी विद्यालयबाट राम्रो नतिजा आउँदा राम्रो अवसर पाउने लोभले जनता
माविबाट रजिस्ट्रेसन र्फम भरेको नाम नबताउने शर्तमा एक शिक्षकले बताएको
खबर नयाँ पत्रिकाले छापेको छ ।
सामुदायिक विद्यालयबाट उर्त्तीण विद्यार्थीलाई विदेश अध्ययन तथा स्टाफ
नर्सका लागि समेत सहज हुने भएकाले यस्तो प्रकारको सेटिङ भएको हुनसक्ने
श्रोतले बताएको छ । ज्योति माविका केन्द्राध्यक्ष नजामुद्दिन अन्सारीले
भने दुवै विद्यार्थीका अभिभावक यसरी केन्द्रमा गार्ड पर्नु संयोगमात्र
भएको दाबी गर्छन् ।
चिट चोराउन नपाएपछि अनुगमन टोलीमाथि आक्रमण
सल्यानको एक परीक्षा केन्द्रमा चिट चोराउन नपाएपछि विद्यार्थीका
अभिभावकले जिल्ला शिक्षा कार्यालयको अनुगमन टोलीमाथि आक्रमण गरेका छन् ।
जिल्लाको उत्तरी क्षेत्रमा रहेको महेन्द्र मावि पिपलनेटा कुमागाउँ
परीक्षा केन्द्रमा विद्याथीलाई चिट चोराउन नपाएपछि जिल्ला शिक्षा
कार्यालयबाट खटिएका प्रकाश ओझा र सवइन्जिनियर रमेश डिसीमाथि ढुंगा प्रहार
भएको हो । अभिभावकले सुरक्षार्थ खटेका प्रहरीमाथि पनि ढुंगा हानेका थिए ।
No comments:
Post a Comment