६ चैत, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्डले यसपालिको असारमा पानी ढीलो
पर्ने भएका चुनाव सम्भव रहेको बताउनुभएको छ । ' हामीले वातावरणविद्हरुसँग
पनि छलफल गरेका छौं, यसपालि मनसुन ढीलोमात्रै शुरु हुने भएकाले असारमा
चुनाव सम्भव छ ।- प्रज्ञा प्रतिष्ठानमा मंगलबार आयोजित कार्यक्रममा
बोल्दै प्रचण्डले भन्नुभयो ।
चुनाव असार ४ गते नै गर्नुपर्ने भन्दै उहाँले चुनावका लागि केन्द्रित हुन
कार्यकर्ताहरुलाई निर्देशनसमेत दिनुभयो । एमाओवादीका केन्द्रीय सल्लाहकार
स्व. भक्तराज कन्दङ्वाको स्मृतिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै
प्रचण्डले असारको मौसमबारे जानकारी दिनुभएको हो । कर्मचारीको नेतृत्वमा
सरकार गठन गर्ने कार्यलाई उहाँले 'जोखिमपूर्ण' बताउनुभयो । ' यो
जोखिमपूर्ण कार्य हो । '
माओवादीले सत्ता छाड्दैन भन्थे, हामीले छाडेर देखायौं, हामी अरु पनि
यस्तै जोखिमपूर्ण काम गरेर देखाउन तयार छौं ।' प्रचण्डको भनाइ उधृत गर्दै
स्रोतले भन्यो । एमाओवादी अध्यक्ष प्रचण्डले असार ४ मै चुनाव गरिनुपर्ने
बताए पनि आजै बसेको मन्त्रिपरिषद बैठकले भने चुनावको तिथि घोषणा गर्न
सकेन ।
No comments:
Post a Comment