काठमाडौं, चैत ७ (नागरिक)- एमाले भातृ संगठन युवा संघ अध्यक्ष महेश
बस्नेतले कपाल पालेका, जीम गरेर पाखुरा बलियो भएका युवा आफ्नो संगठनमा
भएको बताएका छन्। एमाले मुख्यालय बल्खुमा युवा संघको पहिलो केन्द्रीय
कमिटीको पहिलो बैठकको प्रारम्भ गर्दै बस्नेतले भने- 'शिवरात्रीमा जटाधारी
जान्छन्, हाम्रोसम्मेलनमा कपाल पालेका युवा आउँदा किन आपत्ति?'
बुटवलमा भएको सम्मेलन स्मरण गर्दै उनले भने- कपाल पालेकाहरु आए। जीम गरेर
छाति ठूलो पारेका युवाहरु आए। पाखुरा बलियो भएका युवाहरु आए। शिवरात्रीमा
जटाधारी जान्छन्। त्यसैगरी युवाहरुको सम्मेलनमा कपाल पालेका युवा आउँदा
के आपत्ति ?'
संगठनमा अपराधिक पृष्ठभूमिका गुण्डा भित्र्याएर आफू महान डन बनेको भन्ने
आरोपको उनले खण्डन गरे। बुटवलमा भएको महाधिवेशनका प्रतिनिधिको पृष्ठभूमि
तथा नेतृत्वको विषयमा मिडियामा आएका खबरलाई लिएर उनले आक्रोश ब्याक्त
गरेका थिए। संगठनभित्रैबा आलोचना गर्नेलाई भने उनले चेतावनी दिए। 'डनको
नेतृत्व महान डनले गर्यो भनेर पनि लेखे', उनले भने- 'कसले के लेख्यो
भनेर वास्ता गर्नुपर्ने आवश्यकता छैन। संगठनभित्रकै केही व्यक्तिले समेत
त्यसरी लेखेका छन् त्यो क्षम्य हुने छैन।'
No comments:
Post a Comment