Wednesday, March 20, 2013

यसरी बेचिए ‘हेलो नेपाल’ र ‘एनसेल’

७ चैत, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्डसँग अनन्य सम्बन्ध रहेका
व्यवसायी अजय सुमार्गीको 'हेलो नेपाल', पूर्वराजाका ज्वाइँको 'एनसेल' र
अन्तरराष्ट्रिय टेलियासोनेरावीच के साइनो होला ?
हेलो नेपालबाट ८७ कर्मचारीहरु जबर्जस्ती निकालिएको भन्दै माओवादीसम्बद्ध
मजदुरहरुले मंगलबारनयाँ बानेश्वरस्थित एनसेलको केन्द्रीय कार्यालयमा
छापामार शैलीमा तोडफोड गरेपछि सुमार्गी र एनसेलवीचको नाता फेरि खोजी हुन
थालेको छ ।
एनसेलको व्यवस्थापन पक्ष र केही उद्योगपतिहरुको दाबी छ, टेलियासोनेरा
छुट्टै अन्तरराष्ट्रिय कम्पनी हो भने अजय सुमार्गीको हेलो नेपाल अलग्गै
कम्पनी हो, यिनीहरुवीच कुनै साइनो सम्बन्ध छैन । तर, सुमार्गीको
कम्पनीबाट निकालिएका मजदुरहरुले किन एनसेलको कार्यालयमा तोडफोड गरे ? के
वैद्यजीका कार्यकर्ताले यी दुई फरक कम्पनी हुन् भन्ने भेऊ नपाएकै हुन् त
? यसको रहस्यचाँहि मालिकहरुले दाबी गरेभन्दा अलि फरक छ ।
सुमार्गीले 'हेल्लो नेपाल' भनिने नेपाल स्याटेलाइट टेलिकम
टेलियासोनेरालाई सन् २०१२ अपि्रल २६ मै बेचिसकेको तथ्यहरुबाट स्पष्ट
हुन्छ । 'गोल्डेन ह्यान्टसेक'का नाममा दर्जनौं मजदुरलाई सेवाबाट निकालेर
अन्तरराष्ट्रिय कम्पनीबाट पैसाको बिटो लिएका सुमार्गीलाई यतिबेला तिनै
मजदुरहरु टाउको दुखाइको विषय बनेका छन् ।
यस्तो छ रहस्य
पूर्वराजा ज्ञानेन्द्रका ज्वाइँ राजबहादुर सिंहले एनसेल (पहिलो मेरो
मोबाइल भनिन्थ्यो) कम्पनीको ८० प्रतिशत शेयर टेलियासोनेरालाई बेचेका हुन्
। तर, सिंहले पनि सुमार्गीले जस्तै आफूले विदेशी कम्पनीलाई बेचेको कुरा
गोप्य राख्ने प्रयास भने नगरेका होइनन् ।
सन् २००७ सम्म दुईवर्ष सिंहकै मेरो मोबाइलका कार्यकारी निर्देशक रहेका
सुमार्गीले मध्यपश्चिम नेपालका केही जिल्लामा निजी टेलिकम चलाउँदै आएका
थिए । पछि उनले पनि आफ्ना गुरु राजबहादुर सिंहकोजस्तै भूमिका खेलेर पैसा
कमाउने जुक्ति निकाले । फलस्वरुप एनसेलमा कब्जा जमाएको विदेशी कम्पनी
टेलियासोनेराको आँखा सुमार्गीको स्याटेलाइट टेलिकम प्रालितर्फ लाग्यो ।
केही नेपालीको समेत लगानी देखाउने नीति लिँदै नेपालको सञ्चारमा एकाधिकार
मच्चाउने र ठूलो धनराशी विदेश लाने उद्देश्यले टेलियासोनेराले एनसेलजस्तै
सुमार्गीको हेलो नेपाल पनि किन्यो । तर, अचम्म चाहिँ के छ भने सुमार्गीले
अहिलेसम्म हेल्लो नेपाल र टेलियासेनेरासँग कुनै सम्बन्ध नरहेको ब्याख्या
गर्ने प्रयन्त गर्दै आएका छन् ।
हेलोको अध्यक्षता पनि टेलियासानेराकै
हेलो नेपालको ७५ प्रतिशत शेयर किनेपछि गएको भदौमा टेलियासोनेराका अध्यक्ष
टेरो किभिसारी र कार्यकारीअधिकृत लार्स नाइबर्ग नेपाल आएका थिए ।
उनीहरुले काठमाडौंमा ०६९ भदौ ११ मा पत्रकार सम्मेलन नै गरेर यसबारे
जानकारी दिएका थिए । हेलो नेपालमा ७५ प्रतिशत लगानी गर्दा अजय सुमार्गीले
पाएको रकम कति हो भन्नेचाँहि उनीहरुले लुकाएका थिए । एनसेलमा चाहिँ ५०
करोड लगानी भैसकेको उनीहरुले बताएका थिए ।
हेलो नेपालमा सुमार्गीको २५ प्रतिशतमात्रै लगानी रहेकाले सुमार्गी पत्नी
अस्मिता सुमार्गीलाई सञ्चालक समितिबाट हटाएर टेलियासोनेराका सोलोमन्सनलाई
राख्ने सहमति भएको थियो । अहिले सुमार्गीपत्नी अस्मिता मुक्तिश्री टेलिकम
प्रालिको अध्यक्ष रहेको बताइने गरेको छ । मध्यपश्चिममा टेलिकम सञ्चालन
गर्ने इजाजत नेपाल सरकारबाट लिएर सुटुक्कै विदेशी कम्पनीलाई बेचेपछि
सुमार्गीले हेलो नेपालबाट ८७ मजदुरलाई हटाएका थिए ।
यतिबेला हेलो नेपालमा टेलियासोनेराको ७५ प्रतिशत लगानी छ र त्यसको
अध्यक्षता पनि उसैले लिएको छ । त्यसैगरी एनसेलमा टेलियासोनेराको ८०
प्रतिशत शेयर छ । तर, यी दुबै कम्पनी भिन्नाभिन्नै हुन् भनेर अहिले
नेपालीलाई ढाँटिदैछ ।
हेलो नेपाल र टेलियासोनेरावीचको सम्बन्धलाई पुष्टिगर्ने आधार
टेलियासोनेराको वाषिर्क प्रतिवेदन २०१२मा पनि प्रष्टसँग उल्लेख छ ।
प्रतिवेदनको पृष्ठ ६६ अनुसार सन् २०१२ को अपि्रल २६ मा टेलियासोनेराले
सुमार्गीको हेलो नेपाल किनेको हो ।
वैद्य पक्षका कार्यकर्ताहरुले सुमार्गी र सिंहले टेलिकमको लाइसेन्स लिँदै
विदेशीलाई बिक्री गरेर नेपाल टेलीकमलाई डुबाउने खेलमा लागेको आरोप
लगाउँदै आएका छन् ।

No comments:

Post a Comment