११ चैत, काठमाडौं । होली आउन लाग्यो भन्दै बाटो ढुकेर युवती तथा बटुवालाई
लोला या पानी हान्ने गर्नुभएको छ भने होश गर्नुस् । तपाईंलाई प्रहरीले
पक्राउ मात्रै गर्दैन, सार्वजनिक मुद्दा समेत लगाउँछ । पवित्र पर्व
होलीको नाममा उच्छृँखल गतिबिधि बढ्दै गएपछि प्रहरीले यसलाई नियन्त्रण
गर्ने पहल गरेको हो । यसबीचमा २५ जना बालबालिकालाई नियन्त्रणमा लिई
सम्झाईबुझाई गरि छाडिएको महानगरीय प्रहरी आयुक्तकोकार्यालयले जनाएको छ ।
होलीलाई पवित्र बनाउन र बढ्दो विकृति नियन्त्रण गर्न भन्दै प्रहरीले केही
वर्षदेखि यो अभियान थालेको हो । यसवर्ष पनि प्रहरीले निगरानी बढाएको छ ।
होलीमा जथाभावी गर्नेलाई पक्राउ गर्न सादा पोशाकमा समेत प्रहरी खटिएको
महानगरीय प्रहरी आयुक्तको कार्यालयले जनाएको छ ।
होलीलाई मर्यादित बनाउन शनिबारदेखि राजधानीका टोलटोलमा माइकिङ अभियान
थालिएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी आयुक्तको कार्यालयका अनुसार
होलीमा हुने उच्छृँखल गतिबिधि नियन्त्रण गर्न उपत्यकामा झण्डै चारहजार
प्रहरी खटाउने तयारी छ । मंगलबार होली भएकाले सोमबारदेखि नै प्रहरीको
सकृयता बढ्ने कार्यालयले जनाएको छ ।
गृह मन्त्रालयले यसअघि नै पवित्र पर्व होलीको अवसरमा कसैको इच्छा विपरीत
रंग दल्ने, लोला हान्ने र पानी छ्याप्ने काम नगर्न सबैसित अनुरोध
गरिसकेको छ । महिला, केटाकेटी लगायत बाटोमा हिँड्ने व्यक्तिलाई दुःख र
सास्ती दिने काम प्रचलित कानुन विपरीत हुने भन्दै मन्त्रालयले सजक गराएको
हो । मन्त्रालयले विज्ञप्ती निकालेर कसैको स्वीकृति विपरीत रंग दल्ने,
लोला हान्ने, पानी छ्याप्ने तथा यात्रीलाई दुःख सास्ती दिने गरेको
भेटिएमा कानुन बमोजिम कार्बाही हुने जनाएको हो ।
No comments:
Post a Comment