८ चैत, पोखरा । उद्योगी-व्यवसायीलाई डरधम्की देखाई रकमअसुलेको आरोपमा
प्रहरीले एक महिना अघि पक्राउ गरेका ३७ मध्ये ३४ जना धरौटीमा छुटिसकेका
छन् ।
प्रहरीले गुण्डागर्दीमा पक्राउ परेकाहरुलाई सार्वजनिक अपराध मुद्दा
चलाउने गरेकाले उनीहरु छोटो अवधिमै जिल्ला प्रशासनबाट सामान्य धरौटीमा
छुटेको नागरिक दैनिकमा खबर छ ।
पक्राउ परेका मध्ये तीन जनालाई अन्य मुद्दा चलाएर हिरासतमा राखिएको छ ।
जिल्ला प्रहरीका अनुसार उनीहरु मध्ये एक हातहतियार तथा खरखजना, एक ज्यान
मार्ने उद्योग र अर्कालाई अपहरण अभियोगमा मुद्दा दायर गरिएको छ ।
कास्की प्रहरी प्रमुखका रुपमा गत माघ तेस्रो साता आएको एसपी केदार
रिजालले पोखराको मुख्या समस्या गुण्डागर्दी भएको भन्दैयसविरुद्ध
'जलकुम्भी अपरेशन' थालेका हुन् । अपरेशनको करिब एक महिनामै यहाँका
अधिकांश गुण्डापक्राउ गरी कारबाहीको दायरमा ल्याउको उनको दाबी छ । केही
गुण्डा प्रहरीको डरले पोखरा छाडेर गएको उनले बताएका छन् ।
No comments:
Post a Comment