Wednesday, March 20, 2013

१९ बर्ष खोरमा बसेकी मनु घर फर्किन

८ चैत, ओखलढुंगा । कुन्तादेवी गाविस ४ वितलबकी ५१ बर्षकी मनमाया तामाङ
-मनु) लाई विगत दुई दशकमा आफुसँग के के भयो कुनै सम्झना छैन् । उनी
आफ्नोजीवनकालका पछिल्ला १९ बर्ष कसरी बिते भन्नेमा नै अज्ञात छिन् ।
उनलाई म बिरामी थिँए र अहिले स्वस्थ भएँ भन्ने मात्र थाहा छ ।
मानसिक सन्तुलन गुमाई १९ बर्षसम्म घरको आँगनमा बनाइएको खोरमा थुनिएकी मन
सोमबार स्वस्थ भएर घर र्फकदा आफन्त मात्र होइन छरछिमेकी पनि छक्क परे ।
आँखाबाट हर्षका आँसु बगाउँदै उनलाई घरमा हेर्न आउनेहरुको भीड नै लाग्ने
गरेको छ ।
'मनुको अवस्थाबारे थाहा पाएर काठमाण्डौंको कोसिस नामक संस्थाले निःशुल्क
उपचार गरिदिने भन्दै मनुलाई आठमहिना अघि आफ्नो ट्रान्जिट होम (सुधार गृह)
मा लगेको थियो । महिनौंको उपचारपछि स्वास्थ्यमा सुधार आएपछि मनुलाई
संस्थाका दुईजना प्रतिनिधिले सोमबार घरमै पुर्‍याएर परिवारको जिम्मा
लगाएको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
स्थानीय एवं महिला अधिकारकर्मीहेमकुमारी तामाङले मनु पूर्णरुपमा ठीक भई
घर फर्किएपछि परिवारमा खुसी छाएकोबताईन् । ' म त धेरै खुसी छु । मनुलाई
उपचार गर्न कतै लान सकेको थिईनन्,' पछि तिलबहादुरले भने, 'म मनुको उपचार
गरिदिने संस्था कोसिसलाई धेरै धेरै धन्यबाद दिन्छु ।' मनुका दुई छोरा र
दुई छोरी छन् । छोरीहरुकोबिहे भईसकेको छ भने, छोराहरु पढाइका शिलशिलामा
काठमाण्डौंमा छन् ।

No comments:

Post a Comment