Thursday, March 14, 2013

बारले भन्यो,’न्यायिक इतिहासमा कालो दिन’ (विज्ञप्तिसहित)

१ चैत, काठमाडौं । प्रधानन्यायाधीश खिलराज रेग्मीलाई अन्तरिम चुनावी
मन्त्रिपरिषदको अध्यक्षमा नियुक्त गरिएकोमा नेपाल बार एशोशियसनले खेद
व्यक्त गर्दै यस दिनलाई कालो दिनको रुपमा घोषणा गरेको छ । बारको बिहीबार
बसेको आकस्मिक बैठकले आजको दिनलाई न्यायिक इतिहासमा कालो दिनको रुपमा
सदैव स्मरण गर्ने निर्णय गरेको हो ।
'बैठकले सीमित दलका सीमित नेताहरुले मुलुकलाई प्रतिगमनतर्फ लगेको ठहर
समेत गरेको छ' बारका उपाध्यक्ष टीकाराम भट्टराईले अनलाइनखबरसित भन्नुभयो
। बार एशोशियशनले पदबाट तत्काल राजीनामा गर्न रेग्मीसित माग पनि गरेको छ
। न्यायिक निर्णय र प्रकृयलाई नपर्खीकन असंवैधानिक ढंगले चुनावी सरकारको
नेतृत्व गरेको भन्दै बारले रेग्मीबाट संविधान संरक्षण हुन नसक्ने ठहर
समेत गरेको छ ।
दलहरुको असंवैधानिक निर्णय स्वीकार गरेको भन्दै बारले राष्ट्रपति डा.
रामवरण यादवप्रति पनि दुःख प्रकट गरेको छ । प्रधानन्यायाधीशको
नेतृत्वबारे पहिलेदेखि नै असहमति जनाउँदै आएको बारले शुक्रबारको बैठकबाट
थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने बताएको छ ।
बारको विज्ञप्ति हेर्नुहोस्

No comments:

Post a Comment