Sunday, March 31, 2013

भ्रष्टाचार लुकाउन कर्मचारीले नै लुकाए ९०

१९ चैत, काठमाण्डौं । लेखापरीक्षणबाट आर्थिक अनियमितता खुल्ने भएपछि बारा
र धनुषा जिल्ला विकास समितिका कर्मचारीले गत आर्थिक बर्षमा खर्च भएको ९०
करोड ३७ लाख रुपैयाँ बराबरको विवरण -स्रेस्ता) गायब पारेका छन् ।
महालेखापरीक्षकको कार्यालयबाट वाषिर्क लेखापरीक्षकका लागि खटिएका
लेखापरीक्षकले स्रेस्ता माग्दा कर्मचारीले उपलब्ध नगराएपछि यो प्रकरण
खुलेको कारोबार दैनिकमा खबर छ । दुवै जिविसले लेखापरीक्षकका लागि आवश्यक
एकीकृत आर्थिक विवरण, आन्तरिक लेखा परीक्षण प्रतिवेदन तथा अन्य स्रेस्ता
अझै उपलब्ध गराएका छैनन् ।
बारामा कार्यमूलक लेखापरीक्षण अन्तर्गत विकास निर्माणस्थलमै खटिएर
लेखापरीक्षण गर्न खोज्दापनि कर्मचारीले स्रेस्ता उपलब्ध नगराएको
महालेखाले जनाएको छ । अख्तियार दुरुपायोग अनुसन्धान आयोगले छानबिनका लागि
सक्कल स्रेस्ता लगेका कारण उपलब्ध गराउन नसकिएको दाबी कर्मचारीहरुको छ ।
महालेखाका प्रवक्ता मोहदत्त तिमल्सिना भने कर्मचारीको यो जिकिर मान्न
तयार छैनन् । 'अख्तियारले केही शंकास्पद आयोजनाको मात्र स्रेस्ता
लगेकोहुनसक्छ, सामान्य प्रकृतिका खर्चको स्रेस्ता त जिविसमै हुन्छन्,'
उनले भने ।

No comments:

Post a Comment