८ चैत, काठमाण्डौं । नेपालले दक्षिण कोरियाका लागि २०१३ मा थप कामदार
कोटा माग गरेपछि कोरियन भाषा परीक्षा तुरुन्तै नहुने सरकारले संकेत गरेको
छ ।
कोरियाले नेपाललाई वाषिर्क रुपमा ५ हजार कोटा उपलब्ध गराउँदै आएकोमा
कोरियन भाषाको परीक्षा अगावै थप कामदार कोटा माग गरेपछि भाषा परीक्षाको
मिति लम्बिएको हो । कोरियाले नेपाललाई थप कामदार दिने आश्वासन दिएपछि
भाषा परीक्षा उर्त्तीण भएको केही कामदार भने त्यसतर्फ जान पनि थालेको खबर
नयाँ पत्रिकाले छापेको छ ।
कोरिायले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत १५मुलुकबाट कामदार
भित्र्याउने गर्छ । कोरिनय भाषामा उर्त्तीण भएको कामदार मात्र कोरियाको
रोजगारमा जान पाउने गर्दछ ।
कोरियाले थप कामदार कोटाभन्दा पनि भाषा परीक्षा समयमा गर्न नेपाल
सरकारसँग आग्रह गरेको छ । यसभन्दा अघि २०१३ को पहिलो चौमासिकभित्रै भाषा
परीक्षा गर्ने द्वीपक्षीय मौखिम समझदारी भएको थियो । कोरियाले विदेशी
कामदारको कोटा निर्धारणदेखि भाषा परीक्षाको मितिसम्मलाई पहिलो चरणमा
मौखिक समझादारीगर्ने गर्छ । यहीकारण उसले भित्र्याउने कामदर कोटामा
कहिलेकाँही परिवर्तन हुने गरेको छ । विश्व मन्दीका समयमा मात्र कोरियाले
नेपालको कोटामा कटौती गरे पनि अन्य बर्षमा भने प्रायः कामदार कोटा
बढाइरहेको छ ।
नेपालले भने २०१२ मा कोरियन भाषा उर्त्तीण भएकाको संख्या घटाउन थप कोटा
माग भएको श्रम मन्त्रालयले जनाएको छ ।
No comments:
Post a Comment