अपडेटः असार ७ मा संबिधानसभा निर्वाचन गराउने प्रयोजनका लागि
प्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा अन्तरिम निर्वाचन
मन्त्रिपरिषद् गठन भएको छ ।
उहाँको अध्यक्षतामा तत्कालका लागि अन्य दुई सदस्य चयन भएका छन । जसमा
पूर्व मुख्य सचिव माधवप्रसाद घिमिरेले गृह र परराष्ट्रको जिम्मेवारी
सम्हाल्नुहुनेछ भने हरिप्रसाद न्यौपानेले कानुन मन्त्रालयको जिम्मेवारी
सम्हाल्नुहुने छ । अन्य सवै मन्त्रालयको जिम्मा तत्कालका लागि रेग्मीलाई
नै दिइएको छ ।
शितल निवासमा आयोजित बिशेष कार्यक्रममा राष्ट्रपतिरामबरण यादवले
रेग्मीलाई पद तथा गोपनियताको सपथ गराउनुभयो भने रेग्मीले अन्य दुई
सदस्यलाई सपथ गराउनुभयो ।
No comments:
Post a Comment