Thursday, March 14, 2013

रेग्मी मन्त्रिपरिषद्को पहिलो बैठकले के निर्णय गर्‍यो ?

पदबहाली गरे लगत्तै अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज
रेग्मीको नेतृत्वमा बसेको पहिलो बैठकले स्वच्छ र भयमुक्त वातावरणमा
निर्वाचन गराउने प्रतिवद्धता व्यक्त गर्दै सबै दललाई निर्वाचनमा सहभागी
हुन आह्वान गरेको छ। त्यसैगरी बैठकले जथाभावी रुपमा वितरण गरिने आर्थिक
सहायता वितरण तत्काल रोकी मापदण्डअनुसार मात्रै त्यस्ता सहायता वितरण
गर्ने निर्णय गरेको छ।
पेट्रोलियम पदार्थको अभावलाई हटाई तत्काल सहज आपूर्ति गर्न विभिन्न
सचिवहरुसहितको टोलीलाई जिम्मेवारी दिइएको छ। त्यस्तै केही सहसचिवको बढुवा
गर्ने निर्णयसमेत पहिलो बैठकले गरेको छ।
सबै मन्त्रालयहरुलाई अहिलेसम्मका कार्य प्रगति विवरण र आगामी कार्ययोजना
प्रस्तुत गर्न पनि बैठकले निर्देशन दिएको छ।
प्रतिक्रियाहरू (0)

No comments:

Post a Comment