११ चैत, काठमाण्डौं । राजदूतसहितका संवैधानिक पदमा नियुक्ति गर्न सक्ने
परिषद्को पूर्णतासँगै विभिन्न ७ स्थानमारिक्त विशिष्ट कूटनीतिक पदमा
नियुक्ति पाउन परराष्ट्रमा दौडधुप सुरु भएको छ । हाल न्युयोर्कस्थित
राष्ट्रसंघीय नियोगमा स्थायी प्रतिनिधि तथा भारत, थाइल्यान्ड, मलेसिया र
इजिप्टमा राजदूत पद रिक्त छ ।
जर्मनीस्थित राजदूत पद आगामी असार मसान्तदेखि रिक्त हुँदै छ ।
काठमाण्डौंस्थित सार्क सचिवालयमा पनि आगामी बर्षबाट रिक्त हुने विशिष्ट
कूटनीतिक तहको सदस्यसचिव पदमा नेपालले नियुक्ति गर्ने पालो छ ।
'परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेले छिट्टै राजदूत नियुक्ति सुरु हुने
संकेत दिनुभएको छ,' मन्त्रालयमा विभागीय 'ब्रिफिङ' थालेका मन्त्री
घिमिरेसँगको भेटघाटपछि एक सहसचिवले बताएको कान्तिपुर दैनिकमा छापिएको छ ।
पहिलो चरणमा निर्वाचन आयोगलगायतमा नियुक्तिपछि तत्कालै राजदूत चयनमा
लागिने मन्त्री घिमिरेले बताए । यो चरणमा जतिसक्दो बढी परराष्ट्रभित्रका
बरिष्ठ सहसचिवलाई राजदूतका रुपमा पठाइने सम्भावना छ । भारतबाहेक सबैमा
परराष्ट्रबाटै पठाइने स्रोतले बतायो ।
परराष्ट्र मन्त्रालयमा आन्तरिक रुपमा सूचीकृत पछिल्लो'सर्कूलर' मा अवकाश
पाउन लागेका वरिष्ठ सहसचिवलाई राजदूत नियुक्तिको २५ प्रतिशत कोटा
प्राथमिकता दिइने भएको छ । पुर्वमन्त्री नारायणकाजी श्रेष्ठले अवकाश पाउन
लागेका सहसचिव तहका कर्मचारीको सेवा मूल्यांकनका आधारमा प्राथमिकता बारे
सर्कूलर जारी गरेको थिए । परराष्ट्र सचिव दुर्गाप्रसाद भट्टराईले भने
न्युयोर्कस्थित राष्ट्रसंघीय नियोगको स्थायी प्रतिनिधिको रुपमा पठाउने
निश्चित प्रायः भएको छ ।
No comments:
Post a Comment