क्वालालम्पुर । मलेसियाको मुआरस्थित टेपहेङ फर्निचर कम्पनीमा आन्दोलन र
तोडफोडमा उत्रिएका १९ नेपाली कामदारविरुद्ध प्रहरीले फौजदारी मुद्दा
चलाएको छ । न्यूनतम तलव नदिएको, लेभी काटेको र होष्टल भाडासमेत काटेको
भन्दै नेपाली कामदारहरु आन्दोलनमाउत्रिएका थिए ।
सो क्रममा नेपाली कामदारहरुले कम्पनीको गाडी तोडफोड गर्नुका साथै
सुपरभाइजर र म्यानेजरविरुद्ध हातपात गरेको भन्दै प्रहरीले २३ जना नेपाली
कामदारलाई पक्राउ गरेको थियो ।
'२३ मध्ये १९ जना नेपाली अझै प्रहरी नियन्त्रणमै छन, उनीहरुबिरुद्ध
मजिष्ट्रेट कोर्टमा फौजदारी मुद्दा दायर गरिएको रहेछ' नेपाली
राजदूतावासका श्रम सहचारी अमलकिरण ढकालले अनलाइखबरसंग भन्नुभयो-'दुवै
पक्षलाई मेलमिलाप गराई आन्दोलनरत कामदारलाई काममा फकाईए पनि १९
जनाविरुद्धको मुद्दा फिर्ता गराउन सकिएन ।'
उनीहरु बिरुद्ध १९ अप्रिलमा सुनुवाई तोकिएको जानकारी मुआर प्रहरीले
जनाएको छ । 'मुद्दा दायर गरी पेसी नै तोकिएको अबस्थामा रोजगारदातालाई
मुद्दा फिर्ता गराउन सकिएन, अब फैसलाअनुसार नै उनीहरुले सजायँ पाउनेछन'
ढकालले भन्नुभयो ।
No comments:
Post a Comment