Saturday, March 23, 2013

कोरियामा अवैध रुपमा बस्दै आएका नेपाली फर्काउन दबाब

अशोक मैनाली, सोल (कोरिया), चैत १०- कोरिया सरकारले अवैध रुपमा बस्दै
आएका नेपाली स्वदेश फर्काएर सहयोग गर्न नेपाल सरकारलाई दबाब दिएको छ।
कोरिया सरकारका प्रतिनिधिले अन्य देशलाई जस्तै नेपाललाई पनि आफ्ना
अवैधानिक नागरिक स्वदेश फर्काउन सहयोग गर्न दवाब दिएको सोलस्थित
दूतावासतले बतायो।
कोरियन सरकारको उच्च अधिकारीले नेपाली दूताबासका कुटनितिक अधिकारीसँग
भेटी यस विषयलाई प्राथमिकताकासाथ उठाएका हुन्। दूताबाससँगको छलफलमा
नेपालले आफ्ना नागरिक अवैधानिक हुनुमा कोरिया सरकार नै जिम्मेवार रहेको
बताउँदै आएको नेपाली दूताबास स्रोतले बतायो। 'कोरियालाई आवश्यक भएकोले नै
हाम्रा नागरिकलाई काम दिएको हो यदि तपाइहरूले काम दिनुभएन भने हाम्रा
नागरिक यहाँ बस्ने कुरै हुँदैन भनेर हामीले कोरिया सरकारलाई जवाफ दियौं',
ती अधिकारीले भने। कोरियनले अवैधानिक नागरिक नेपाल फर्काP इपिएस कोटा
बढाइदिने आश्वसन दिँदै आएको छ।
नेपालीमाथि कडा निगरानी
पछिल्ला दिनमा कोरिया सरकारले नेपाली नागरिकप्रति निगरानी बढाएको छ। उसले
अन्य देशका नागरिकको तुलनामा नेपालीहरू राजनीतिक गतिविधिमा संलग्न रहेको
भन्दै नेपालीहरूप्रति निगरानी बढाएको हो । बिशेषत नेपालीहरू कोरियाका
बिभिन्न मजदूर संगठनसँगआवद्ध भएको र त्यस्ता आन्दोलनमा सहभागी भएको भन्दै
नेपाल समक्ष असन्तुष्टि पोखेको छ।

No comments:

Post a Comment