३ चैत, काठमाडौं । तपाई बजारमा खसीको मासु किन्दै हुनुहन्छ भने होस
गर्नुहोला, खसी भनेर तपाईले किनेको मासुमा राँगाको मासुसमेत मिसाइएको हुन
सक्छ । तपाई राँगाको मासु खानुहुन्छ भने त ठिकै होला, तर तपाई राँगाको
मासु नै नखाने व्यक्तिमा पर्नुहुन्छ भने त झन् तपाईलाई फसाद पर्न सक्छ ।
राजधानीमा खसीको मासुमा राँगाको मिसाएर बेच्ने गरिएको दाबी एकजना ठूला
मान्छेले गरेका छन् । आफूले बजार अनुगमनका क्रममा खसीको मासुमा राँगाको
मिसाएर बेच्ने गरिएको फेला पारेको ती ठूलामान्छेको दाबी छ ।राजधानीमा
खसीको मासु प्रतिकिलो ७ सय सम्म पर्छ भने राँगाको मासु २ सय ६० रुपैयाँ ।
खसीको मासुमा राँगाको मिसाएर बेच्दा ब्यापारीलाई ठूलो पfmइदा हुने भएकाले
त्यसरी खसीमा राँगो मिसाएर उपभोक्तालाई ठग्ने गरिएको स्रोतको दाबी छ ।
प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाले खसीको मासुमा
राँगाको मासु भेटिएको बताउनुभएको हो । उहाँले उपभोक्ता दिवसको
अवसरमाखसीको मासुमा व्यापारीहरुले २५प्रतिशतसम्म राँगाको मासु मिसाएर
बेच्ने गरेको खुलासा गर्नुभएको हो ।
No comments:
Post a Comment