Sunday, March 31, 2013

युवतीको नागरिकतामा पुरुष !

१९ चैत, तनहुँ । जिल्ला प्रशासन कार्यालयको लापरबाहीले एक युवतीको
नागरिकतामा पुरुष उल्लेख हुनुका साथै जन्ममितिसमेत गलत लेखिँदा उनले
हैरानी पाएकी छन् । चैत ११ गते विवरण गरिएको नागरिकतामा पोखरीभञ्ज्याङ ३
की २३ बर्षकी पुजा विश्वकर्मालाई कम्प्युटरबाट निकालेर प्रदान गरिएको
नागरिकता पुरुष र जन्ममितिमा २०६५ साल उल्लेख गरिएको छ । शाखा अधिकृत पदम
लामिछानेले नागरिकता जारी गरेका थिए ।
नागरिकता फाँटका कम्प्युटर अपरेटर तेजनारायण तिवारी बिदामा बसेका बेला
कार्यालयका अर्का कर्मचारीलाई कम्प्युटरमा खटाईदा त्रुटि भएको प्रमुख
जिल्ला अधिकारी बासुदेव दाहालले बताए । कार्यालयले त्रुटि भएको
विश्वकर्माको नागरिकता सच्याएर आइबार अर्को दिएको कान्तिपुर दैनिकमा खबर
छ ।

No comments:

Post a Comment