१९ चैत, धनुषा । धनुषा जिल्ला विकास समितिको कार्यालय अगाडि बम विष्फोट
भएको छ । कार्यालयको गेट छेउमै झोलामा राखिएको बम सोमवार दिउँसो करिव
साढे एक बजेतिर विष्फोट भएको प्रहरीले जनाएको छ । विष्फोटवाट कुनै क्षति
नभएको प्रहरीले जनाएको छ ।
बम विष्फोट भएपछि त्यसक्षेत्र आसपासका नागरिकहरु त्रसित भएकाछन् ।
कार्यलयका कर्मचारहीहरु भयभित र्भका छन् भने सेवा लिन जिल्ला विकास
समितिको कार्यालयआएका सेवाग्रहीहरु सुरक्षित स्थानतर्फ गएका छन् । बम
कसले र किन राखेको हो भन्नेवारे खुल्न नसकेको प्रहरीले जनाएको छ । बम
विष्फोटपछि घटनावारे थप अनुसन्धानका लागि घटनास्थललाई प्रहरीले आफ्नो
घेराबन्दीमा राखेको छ ।
No comments:
Post a Comment