Thursday, March 14, 2013

बारामा परीक्षार्थीभन्दा धेरै निरीक्षक निष्काशित

२ चैत, काठमाण्डौं । एसएलसी परीक्षाको दोश्रो दिन आज नेपाली विषयको
परीक्षा भइरहेको छ । परीक्षा बिहान ८ बजेदेखि शुरु भएको छ । २०६९ सालको
एसएलसी परीक्षा बिहीबार देखिसुरु भएको हो । यसवर्ष परीक्षामा नियमिततर्फ
चार लाख ३० हजार ९७ र एक्जाम्टेडतर्फ एकलाख १७ हजार ६८ गरी कूल ५ लाख ४७
हजार १ सय ६५ परिक्षार्थी सामेल भएका छन् ।
बसको ठक्करबाट परीक्षार्थीको मृत्यु
एसएलसी परीक्षा दिएर बाहिर निस्केलगत्तै बिहीबार सप्तरीमा एकजना
परीक्षार्थीको बसको ठक्करले मृत्युभएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाको मोहनपुरस्थित कठौनामा बसले ठक्कर
दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा बनरझुला गाविसकी
शशीकुमारी चौधरी रहेको प्रहरीले जनाएको छ । भगवतपुर उच्चमावि परीक्षा
केन्द्रबाट पहिलो दिनको परीक्षा दिएर निस्केलगत्तै राजविराजबाट सिरहा
माडरतर्फ जाँदै गरेको ना४ ख २११४ नम्बरको बसले उनलाई ठक्कर दिएको हो ।
परीक्षार्थीभन्दा धेरै निरीक्षक निष्काशित
एसएलसीको पहिलो दिन बारामा विद्यार्थीभन्दा परीक्षा अनुशासित बनाउन खटेका
कर्मचारी नै बढी कारबाहीमा परेका छन् । एक छात्रा र १५ महिला कर्मचारीलाई
केन्द्रबाट निष्काशित गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
सदरमुकाम कलैया वरिपरिको क्षेत्रका केन्द्रबाट निष्काशनमा परेका छन् ।
केन्द्र प्रमुख, निरीक्षण र सुरक्षा काममा महिला मात्र खटेको पन्न्ाादेवी
कन्या उच्च मा वि कलैयाबाट छ निरीक्षक निष्काशित भएका छन् । निस्काशित
हुनेमा पूजा सिंह, रूपा चौधरी, भवानी दुलाल, प्रभावती देवी चौधरी, सुमन
जयसवाल र जानकी मेहतालगायत छन् ।
निष्काशनमा परेका कर्मचारीलाई दुई वर्षसम्म निरीक्षणको जिम्मा नदिने र
परीक्षा अवधिमा जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुनुपर्ने विद्यालय
निरीक्षक अशोक रौनियारले बताउनुभयो । जिल्लामा २६ केन्द्रबाट आठ हजार ६
सय ७५ विद्यार्थी परीक्षामा सहभागी भएका छन् ।
पाँचथरमा १ सय ९१ परीक्षार्थी अनुपस्थित
एसएलसी परीक्षामा पाँचथर जिल्लाबाट पाँच हजार ५ सय २७ जना परीक्षार्थीले
परीक्षामा भाग लिने भनिए पनि हिजो भएको अङ्ग्रेजी विषयको परीक्षामा १ सय
९१ जना अनुपस्थिति भएका छन् ।
जिल्ला शिक्षा कार्यालय पाँचथरका अनुसार नियमिततर्फ ५६ र एक्जाम्टेडतर्फ
१३५ जना अनुपस्थित भएका हुन् ।
बन्दीहरू परीक्षामा सहभागी
हेटौडाको कारागारको परिसरभित्र १० जना बन्दीले एसएलसी परीक्षा दिएका छन्
। विभिन्न अपराधमा थुनामा रहेका उक्त कारागारका बन्दीलाई कारागारभित्रै
उच्चसुरक्षाका साथ परीक्षा दिने व्यवस्था मिलाइएको जिल्ला शिक्षा
कार्यालय मकवानपुरले जनाएको छ । त्यस्तै कैलालीका दुई कैदीले परीक्षा
दिएका छन् । कारागार शाखाका अनुसार कर्तव्यज्यान मुद्दाकी एक महिला र
डाँका चोरी मुद्दाका एक पुरुषले परीक्षा दिएका हुन् ।
त्यसैगरी कैलालीको प्रतापपुर परीक्षा केन्द्र र ग्यालेक्सी उच्चमावि
परीक्षा केन्द्रबाट छजना दृष्टिविहीनले पनि प्रवेशिका परीक्षा दिएका छन्
। लेखन सहयोगीका साथ उनीहरूले परीक्षा दिएका हुन् ।
आमाको किरियासँगै परीक्षा
बाँकेमा एक विद्यार्थीले आमाको किरियासँगै एसएलसी परीक्षा दिएका छन् ।
शिवशक्ति माविका विद्यार्थी निर्मलकुमार रोकायले आमाको कि्रया बसेर
परीक्षा बिहीबार अंग्रजी विषयको परीक्षा दिएका हुन् । त्यसैगरी
मङ्गलप्रसाद उच्चमाविमा विद्यार्थीहरूलाई नक्कल गराई परीक्षालाई
अमर्यादित बनाउन प्रयास गरिरहेका शिक्षक अविनाश पौडेललाई जिल्ला शिक्षा
कार्यालयले निस्काशन गरेकोछ ।

No comments:

Post a Comment