रेग्मी सरकार गठनपछि कांग्रेस कार्यकर्तामा निराशा
२ चैत, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता गगन
थापाले आगामी चुनावमा आफू एमाओवादी अध्यक्ष प्रचण्डसँग चुनाव लडने इच्छुक
रहेको बताउनुभएको छ । खिलराज रेग्मीको नेतृत्वमाचुनावी सरकार बनेपछि
थापाले यस्तो इच्छा व्यक्त गर्नुभएको हो । 'पार्टीसँग मेरो माग यही रहेको
छ । प्रचण्ड जहाँबाट चुनाव लड्नुहुन्छ, नेापली कांग्रेसले मलाई पनि त्यही
क्षेत्रमा चुनाव लड्ने अनुमति देओस् भन्ने मेरो माग छ ।- नेता थापाले
अनलाइनखरसँग भन्नुभयो ।
तर, चुनावमा जानुअघि कांग्रेस नेतृत्वले रेग्मी सरकार गठनबारे
कार्यकर्ताहरुलाई चित्तबुझ्दो जवाफ दिन बाँकी रहेको थापाको गुनासो छ ।
यसका लागि तत्काल केन्द्रीय कार्यसमिति बोलाइनुपर्ने र महासमितिको बैठक
डाकिनुपर्ने थापाले बताउनुभयो । 'हामीले उठाएका विषयलाई केही पनि होइन
भन्दै पन्साएर पार्टी नेतृत्व निर्वाचनमा जान खोज्छ भने यो सिंगै
पार्टीका लागि पत्युत्पादक हुन्छ ।'
उहाँले भन्नुभयो-'अब निर्वाचनतर्फ जाने नै हो, तर योभन्दा पहिले बाबुराम
सरकार हटेकोमा सामान्यरुपमाकार्यकर्ताहरू हर्षित भएपनि कांग्रेसभित्र
गाउँ तहसम्म कार्यकर्ताहरुमा निराशा छाएको छ ।' प्रधानन्यायाधीशलाई सरकार
प्रमुख बनाइसकेपछि कांग्रेसले शुरुदेखि उठाउँदै आएको लोकतन्त्रको मूल्य र
मान्यतामा नेतृत्वले सम्झौता गर्यो भन्ने कार्यकताएलाई लागेको कांग्रेस
नेता थापाले अनलाइनखबरलाई बताउनुभयो । 'त्यसर्थ चुनावमा जानुभन्दा पहिले
पार्टीभित्रका यी विषयलाई हल गरिनुपर्छ र पार्टी नेतृत्वले कार्यकर्तालाई
चित्तबुझ्दो जवाफ दिनुपर्छ ।'- थापाले भन्नुभयो ।
No comments:
Post a Comment