१५ चैत, मोरङ । घर कलहको झोंकमा आमाले विष खुवाउँदा दुई वर्षीया एक
बालिकाको मृत्यु भएको छ भने आठ महिने शिशु र आमाको अवस्था नाजुक छ ।
सुनसरी नर्सिङ-४ बस्ने २० वर्षीया आमा सबनम खातुनले आफूसँगै छोरी सकिना
खातुन र आठ महिनाको छोरा हसबुललाई विष खुवाएपछि छोरी सकिनाको बिहीबार
उपचारका क्रममा मृत्यु भएको हो । आमा सबनमले घर कलहकोझोंकमा बुधबार राति
दुई नानीसँगै आफूले पनि विष सेवन गरेकी थिइन् ।
विष सेवनबाट गम्भीर घाइते आमा र दुई नाबालकलाई उपचारका लागि
विराटनगरस्थित कोसी अञ्चल अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा छोरी
सकिनाको मृत्यु भइसकेको र आठ महिने छोरा हसबुल र आमा सबनमको अवस्था
गम्भीर रहेको प्रहरीले जनाएको छ । रासस
No comments:
Post a Comment