Thursday, March 28, 2013

विदेशमा बस्नेले भोट दिन पाउनुपर्छ : युवा संघ

१५ चैत, काठमाडौं । नेकपा एमालेनिकट युवा संघ नेपाललेबिदेशमा बस्ने
नेपालीलाई समेत मताधिकारको व्यवस्थामिलाउन माग गरेको छ । बिहीबार
निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाउँदै युवासंघले आगामी चुनावमा बिदेशमा
बस्ने नेपालीका लागि सम्बन्धित दूतावास मार्फत मत दिने व्यवस्था गर्न माग
गरेको हो ।
यस्तै युवा संघले १६ वर्ष उमेर पार गरेकालाई मतदाताका रुपमा कायम
गर्नुपर्ने माग पनि गरेको छ । १८वर्ष उमेर पार गरेकालाई मतदाता भन्ने
अहिलेको व्यवस्था अव्यवहारिक भन्दै युवा संघले १६ वर्ष उमेर माथिकालाई
मतदाताको रुपमा व्यवस्था गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख गरेको छ ।
यस्तै संविधानसभाको चुनावसँगै स्थानीय निकायको चुनाव गर्न, अस्थायी
बसोबास गर्नेलाई पनि समानुपातिकमा भोट दिने व्यवस्था गर्न, फोटोसहितको
मतदाता नामावलीलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न माग गरेको छ । युवा
संघको ज्ञापनपत्र बुझ्दै प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले
संविधानसभा चुनावसँगै स्थानीय निकायको चुनाव गर्न प्राविधिक रुपमा
अप्ठेरो हुने बताउनुभएको थियो । तर, अरु माग सकारात्मक भन्दै उहाँले
यसप्रति आयोगको ध्यानाकर्षण भएको बताउनुभयो ।

No comments:

Post a Comment