३ चैत, काठमाण्डौं । कोरियाबाट रोजगारी गरेर फर्केका कामदारलाई नेपालमा
रहेका कोरियाली कम्पनीहरुमा काम दिलाउन पहल गरिने भएको छ । नेपालस्थित
रोजगार अनुमति प्रणाली (इपीएस) कोरिया शाखाले यसको पहल थालेको हो ।
सुरुमा उसले नेपालमा के कति कोरियाली कम्पनी कार्यरत छन् र फर्केका
कामदारहरु को कहाँ छन् लागत संकलन गर्नेछ ।
ईपीएस केन्द्र नेपालका निर्देशक ली दोङ सर्कले फर्केर आएका कामदारहरुबीच
एउटा सञ्जाल(नेटवर्किङ) बनाइसकेको उल्लेख गर्दै कम्पनीहरुसँग पनि
भेटघाटराख्न लागेको बताए । 'नेपालमा काम गर्ने कोरियाली कम्पनी अत्यन्त
कम छन्, जे जति छन् आउँदो हप्ता भेटघाट राखेका छौं,'उनले । कोरियाको
रोजगार प्रणाली विविध पक्षबारे जानकारी दिन शुक्रबार साँझ राजधानीमा
आयोजित पत्रकार भेटघाटमा लीले फर्केर आएका कमदारलाई यसले राम्रो अवसर
दिने बताएको खबर कान्तिपुर दैनिकमा खबर छ ।
भाषा परीक्षा परिवर्तन
कोरियाको रोजगारीका लागि उत्तीर्ण गर्नुपर्ने भाषा परीक्षा 'ईपीएस टपिट'
को स्वरुप यस वर्षदेखि परिवर्तन भएको छ । ईपीएस शाखाका अनुसार अब 'कोरिया
भाषको स्तरीय पाठ्य सामग्री' बाट प्रश्नहरु समावेश हुने छन् । यस अघि
'खुल्ला प्रश्न संगालो'बाट १० देखि ५० प्रतिशतसम्म सोध्ने भनिए पनि सबै
त्यहीबाट आउने गरेका थिए । पहिलाजस्तो अब घोकेर र अन्दाजका भरमा चिन्ह
लगाएर उत्तीर्ण हुने सम्भावना नभएको ईपीएस शाखाका अधिकारीको भनाई छ ।
नयाँ पाठ्य सामग्री ईपीएस कार्यालय नेपालको वेबसाइटसहित कोरियाली ४ वटा
वेबसाइटमा निःशुल्क डाउनलोड गर्न सकिने पनि शाखाले जनाएको छ ।
No comments:
Post a Comment