Friday, March 15, 2013

डोरीमा झुण्डिएर सराङकोटबाट सरर (फोटोफिचर)

पोखराको सराङकोट नेपाली र विदेशी दुबैका लागि प्रख्यात स्थल हो । सराङकोट
माछापुच्छे्र हिमालमा सूर्य उदाएको दृश्यका साथै अन्नपूर्ण हिमालको
श्रृंखला हेर्नका लागि प्रख्यात छ । तर, अब सराङकोटकोपरिभाषा फेरिन
थालेको छ । यतिबेला सराङकोटदेखि हेम्जा गाउँसम्म एउटा डोरीको सहायतामा
झुन्डिएर एक सय चालीस किलोमिटरको गतिमा भिरालोमा झर्नुको मजा नै अर्कै छ

पछिल्लो समय साहसिक खेलका रुपमा परिचित 'जीप फ्लायर' गत असोजको तेस्रो
सातादेखि सञ्चालनमा आएको हो । सञ्चालन भएयता ११ सय २० जनाले यसको अनुभूति
गरिसकेका छन् । तीमध्ये नेपाली ६ सय ७८ जना र बाँकी विदेशी रहेका छन् ।
करिव १३ करोड रुपैयाँ लागतमा निर्माण गरिएको जीप फ्लायर पोखराको
सराडकोटबाट सुरु भई हेम्जा गाउँमा समाप्त हुन्छ । करिव पाँच हजार मिटरको
उचाइबाट सुरुवात भई तीन हजार मिटरको उचाइमा समाप्त हुन्छ यसको आनन्द । यो
दुरी पार गर्नका लागि जम्मा १ मिनेट तीस सेकेण्डमात्रै लाग्छ । तर, तौल
बढी भएकाहरुभने योभन्दा पनि छोटो समयमा पुग्न सक्छन् ।
माछापुच्छे हिमालमा देखिने घामको झुल्कोसँगै सूर्यअस्ताउँदा देखिने घामको
पहेंलो किरणका लागि सराङकोट प्रख्यात रहेको छ । बाटो कच्ची भएका कारण
पोखरादेखि सराङकोटको जीप फ्लायर स्थान पुग्न एक घण्टाको समय लाग्छ । बाटो
राम्रो भए आधा घण्टामा पुग्न सकिने बताउँछन् 'जीप फ्लायर'का सञ्चालकहरु ।
पर्यटकीय स्थल सराङकोटले जति चर्चा र परिचर्चा बटुलेको छ, त्यति विकासको
ढोका खोल्न अझै बाँकी छ । पोखरा पुग्ने पर्यटकहरु सराडकोट नपुगी धरै
पाउन्नन् । आफ्नो आँखै अगाडि माछापुच्छे हिमाल, अन्नपूर्ण र धौलागिरी
हेर्ने उपयुक्त स्थान पनि हो सराङकोट ।source onlinekhabar.com

No comments:

Post a Comment