२ चैत, बुटवल । अबैध रुपमा विदेशी मुद्राको कारोबारमासंलग्न ३ जनालाई
प्रहरीले बुटवलमा प्रकाउ गरेको छ । ईलाका प्रहरी कार्यलय बुटवलले
सुराकिको आधारमा मनि एक्सचेन्ज काउन्टर र मनि ट्रन्सफरबाट उनीहरुलाई
पक्राउ गरेको हो ।
बुटवल नगरपलिका वार्ड नम्वर ८ राम मन्दीरमा रहेको एकता मनिचेन्जबाट ५ सय
र १ हजार रुपैयाँका भारतिय नोटहरु र दुर्गा मन्दीर लाईनमा रहेको सगुन मनि
ट्रान्सफरबाट भारु, डलर, जापनिज ऐन, युरोलयातका विदेशी नोटहरु अपचलन
गरेको हुँदा उनीहरु पक्राउ परेको प्रहरीका भनाई छ । पक्राउ पर्नेमा एकता
मनिचेन्जका संचालन बसन्त खनाल, सगुन मनि ट्रन्सफरका संचालक महेश घिमिरे र
रुपन्देही दयानगर १ का पारसमणी अर्याल रहका छन् ।
ईलाका प्रहरी कार्यलय बुटवलका डीएसपी राजकुमार बैदाबरका अनुसार एकता
मनिचेञ्जबाट २ लाख ८ हजार भारु,सगुन मनि ट्रन्सफरबाट १ लाख १६ हजार ५ सय
रुपैयाँ भारु, १ हजार ३ सय ८४ अमेरिकी डलर, १० हजार जापनिज एन,
१२सिड्गापुर डलर, १०० युरो, २० अस्ट्रेलियन डलर, १६७ मलेसियन रिङ्गिट,
६५.२५ कुबेती डिनार, १८ ओमनि रियाल, २हजार ४० युएई दि्रहाम्स बरामत
गरिएको छ । उनिहरुलाई थप अनुसन्धान र कारबाहीका लागि राजस्ब अनुसन्धान
कार्यलय पठाईने प्रहरीले बताएको छ ।
No comments:
Post a Comment