१२ चैत, क्वालालम्पुर । मलेसियामा जोहोर राज्यको पासिरगुडाङस्थित तामान
चिन्ताना क्षेत्रमा नेपाली र स्थानीय मलेसियन नागरिकहरु विचझडप भएको छ ।
घटनामा ६ नेपाली कामदारको मृत्यु भएको र १८ जना नेपाली घाईते भएको अपुष्ट
खवर प्राप्त भएको छ ।
'६ जनाको मृत्यु भन्ने अपुष्ट खवर आएको हो, अहिलेसम्म यकिन हुनसकेको छैन'
मलेसियाका लागि कार्यबाहक नेपाली राजदूत लेखनाथ भट्टराईले
भन्नुभयो-'हाम्रा प्रतिनिधि अहिले अस्पताल पुगिसक्नुभएको छ, विस्तृत
बिबरण आएपछि मात्र केही भन्न सक्छौं ।'
घाइते नेपालीहरुलाई राखिएको जोहोरबारुस्थित सुल्तान अस्पतालमा यतिखेर
दूतावासका दृतिय सचिव चक्र सुवेदी पुग्नुभएको छ । घाइते र स्थानीय
प्रशासनसँग घटनाबारे जानकारी लिएपछि घाइते र मृतकबारे यकिन जानकारी आउने
दूतावासले जनाएकोछ ।
तर काठमाण्डौमा परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेले भने ६ जना नेपालको
ज्यान गएको संचारकर्मीहरुलाई बताउनुभएको छ ।
कसरी भयो घटना ?
घटना नेपाली र स्थानीय मलेसियन नागरिक विच सामान्य रुपमा भनाभनबाट सुरु
भएको वताईएको छ । सामान्य भनाभनवाट उग्ररुप लिए स्थानिय युवाहरु कम्पनीको
होस्टलमा प्रवेश गरेर कुटपिट थालेको वताईएको छ । प्रहरीले घटना
नियन्त्रणमा लिन नसकेपछि स्थानीय प्रशाशनले कर्फयु सम्मको आदेश जारी
गरेको थियो । प्रत्यक्षदर्शी नेपाली श्रमिकहरुका अनुसार प्रहरीले केही
राउण्ड हवाईफायरसमेत गरेको थियो ।
No comments:
Post a Comment