Sunday, March 24, 2013

माओवादीसहित ३३ दलद्वारा बन्दसहितको आन्दोलन घोषणा

११ चैत, काठमाडौं । सरकारविरुद्ध आन्दोलनरत नेकपा-माओवादीसहितका ३३ दलले
नेपाल बन्दसहितका १० दिने आन्दोलनको घोषणा गरेको छ । माओवादी कार्यालय
बुद्धनगरमा आइतबार बसेको ३३ दलको बैठकले चैत १५ देखि २५ गतेसम्मको
आन्दोलनको घोषणा गरेको हो ।
घोषित कार्यक्रम अनुसार १५ गते मुख्य शहरहरुमा कोणसभा गर्ने, १६, १७ र १८
गते भित्ते लेखन तथा प्रचार प्रसार, १९ गते, ठूला शहरहरुमा विरोध सभा
गर्ने र २० गते विहान ९ देखि ११ बजे काठमाडौंमा सिहदरवार र जिल्लामा
प्रशासन कार्यालय घेराउ गर्ने छ ।
यस्तै २१ गते कालोझण्डासहित मोटरसाइकल र्‍याली जिकाल्ने, २२ गते कोणसभा र
२५ गते नेपाल बन्द गर्ने ३३ दलले घोषणा गरेका छन् । 'वर्तमान सरकार खारेज
गरेर दलहरुकै नेतृत्वमा सरकार गठन गर्नु पर्छ भन्नेमा हामी सबैको सहमति
हो' क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापाले अनलाइनखबरसँग
भन्नुभयो ।
बैठकमा सरकारविरुद्ध आन्दोलनरत अशोक राई नेतृत्वकोसंघीय समाजवादी पार्टी
र उपेन्द्र यादव नेतृत्वको मधेस जनअधिकार फोरम भने अनुपस्थित थियो ।
संयुक्त आन्दोलन गर्ने भनेपछि पार्टीमा निर्णय भइनसकेकाले दुई दलका
नेताहरु नआएको थापाले जानकारी दिनुभयो ।

No comments:

Post a Comment