Saturday, March 16, 2013

गणेश लामा र पर्शुराम बस्नेत सबैभन्दा धनी डन

४ चैत, काठमाण्डौं । अनुसन्धान पूरा भएका पाँच गुन्डागर्दीका नाइकेमध्ये
गणेश लामा र पशुराम बस्नेत सबैभन्दा धनी रहेको खुलेको छ । स्रोतका अनुसार
लामाको १७ करोड ५० लाख तथा बस्नेतको १४ करोडकोसम्पत्ति प्रहरीले फेला
पारेको हो ।
केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले अनुसन्धान पूरा गरी सम्पत्ति
सुद्धीकरण अनुसन्धान विभागमा बुझाएको प्रतिवेदनमा लामाको सबैभन्दा धेरै
सम्पत्ति रहेको उल्लेख छ ।
त्यस्तै, तेस्रो धनीमा दीपक मनाङे रहेका छन् । उनको करिब ११ करोड
सम्पत्ति रहेको प्रहरी निष्कर्ष छ । चौथोमा चक्रे मिलन छन् । उनको आठ
करोड सम्पत्ति प्रहरीले फेला पारेको छ । सबैभन्दा कम सम्पत्तिमध्ये
अभिषेक गिरी रहेको प्रहरी अनुसन्धानको निष्कर्ष छ । गिरीको तीन करोड
मात्र सम्पत्ति फेला परेको छ । स्रोतका अनुसार सुरुमा सिआईबीले दुई सय १५
दिनको म्याद पूरा भए पनि म्याद थप्नका लागि पत्र लेखेपछि प्रहरी
महानिरीक्षक कुबेरसिंह रानासमेत सिआइबी नेतृत्वसँग असन्तुष्ट बनेका थिए ।
गृहमन्त्री माधब घिमिरेले पनि नियुक्त भएकै दिन गुन्डागर्दी विरुद्ध
सम्झौता नगर्न निर्देशन दिएपछि सिआईबीले अनुसन्धान प्रतिबेदन बुझाएको
नयाँ पत्रिकामा खबर छ ।

No comments:

Post a Comment