Saturday, March 16, 2013

कोरियाले निर्माण क्षेत्रमा पनि नेपाली लाने

४ चैत, काठमाण्डौं । रोजगार अनुमति प्रणाली (ईपीएस) सेन्टर नेपाल
कार्यालयले दक्षिण कोरियाको निर्माण क्षेत्रमा पनि नेपाली कामदार लैजान
पहल गरेको छ । नेपालको मुख्य आकर्षक श्रम गन्तव्य कोरियामा निर्माण
क्षेत्र खुला भए रोजगारीका अवसर थपिनेछन् । अहिले कृषि र औद्योगिक
क्षेत्रमा मात्रै कोरियाले नेपाली कामदार लिने गरेको छ ।
ईपीएस सेन्टर नेपाल कार्यालयका निर्देशक ली दोङ सिर्कले निर्माण
क्षेत्रमा पनि नेपाली कामदार काम गर्न योग्य र सक्षम भएकाले पहल भइरहेको
जानकारी दिएका छन् ।
'म यहाँ आएदेखि कोरियाको रोजगार तथा श्रम मन्त्रालयमा यसबारे आग्रह
गरिरहेको छु, मन्त्रालय पनि सकारात्मक छ,' उनले भने मार्च २७ मा कोरिया
मानव संसाधन विकास (एचआरडी)को विदेशी कामदार हेर्ने उपाध्यक्ष यहाँ
आउँदैछन्, यो विषयमा पनि छलफल हुनेछ ।' सिर्कका अनुसार नेपालको श्रम तथा
रोजगार मन्त्रालयलाई पनि निर्माण क्षेत्रमा कामदार पठाउन आग्रह गरिसकिएको
छ ।
क्यानडा जान कोरियाबाट नेपालीको आवेदन
दक्षिण कोरियामा कार्यरत नेपाली कामदारले क्यानडा जान आवेदन दिएका छन् ।
कोरियामा रोजगारीका लागि गएका २ सयभन्दा बढी नेपालीले दक्षिण कोरियाबाट
अवैधानिक बाटो पछ्याउँदै आवेदन दिएका हुन् । कोरियास्थित नेपाली
दूतावासले भने प्रक्रिया अवैध रहेको भन्दै लगानी नफसाउन आव्हान गरेको
आइतबारको कारोबार दैनिकमा खबर छ ।
रोजगार अनुमित प्रणालीअन्तर्गत काम गरिरहेका २ सयभन्दा बढी नेपालीले अवैध
रुपमा जनही करिब १० लाख रुपैयाँ (१२ हजार क्यानेडिनय डलर) भन्दा बढी
तिरेर क्यानडा जान आवेदन दिएपछि दूतावासले चासो देखाएको हो ।

No comments:

Post a Comment