२९ चैत, सोल । इपीएसमाफृत रोजगारी गर्न कोरिया आएका प्रवासी मजदुरलाई
कोरियाली भाषा सबैभन्दा ठूलो समस्या हुने गरेको एक अध्ययनले देखाएको छ ।
ख्यङनाम माइग्रेन्ट सेन्टरले त्यस प्रदेशमा कार्यरत विभिन्न मुलुकका
कामदारमाथि गरेको अध्ययनबाट कोरियामा रहँदा भाषाको कारण जीवनशैलीमा
कठिनाई परेको छ ।
२०१२ को अगस्त १ देखि अक्टोबर अन्तिमसम्म १५ देशका ४ सय ४९ कामदारलाई
'दैनिक जिवनमा सबैभन्दा अपठ्यारो विषय के हो ?' भनेर गरिएको प्रश्नमा
२६.७ प्रतिशतले भाषिक कठिनाइ रहेको बताएका छन् ।
भाषा नजानेकै कारण कम्पनीमा १० जनामध्ये १ जना कुटिने गरेको समेत
प्रतिवेदनमा उल्लेख छ । कम्पनीमा कुटिनु भएको छ ? भनेर गरिएको प्रश्नमा
१३.८ प्रतिशतले कुटाई खाएको उत्तर दिएका छन् । ती कामदारहरुले सहकर्मी
कोरियाली श्रमिक, कम्पनी प्रबन्धक र साहु स्वयंले कुट्ने गरेको बताएका
छन् ।
'प्रवासी मजदुर जीवन २०१२' नाम दिइएको उक्त सर्वेक्षणअनुसार १५.४
प्रतिशतले आर्थिक, ११.३ प्रतिशतले स्वास्थ्य, १०.५ प्रतिशतले आवास
सम्बन्धी कठिनाई भएको बताएको खबर कान्तिपुर दैनिकमा खबर छ । सर्वेक्षणमा
कम्पनी सञ्चालकले कोरियाली श्रमिकलाई उच्च सम्मान र प्रवासी कामदारलाई
हेय दृष्टिले हेर्ने संस्कृतिको अन्त्य हुनुपर्ने निष्कर्ष निकाल्दै यही
संस्कृतिका कारण उत्पादनमा समेत ह्रास आउने गरेको उल्लेख गरिएको छ ।
No comments:
Post a Comment