२३ चैत, काठमाण्डौं । नेपाल टेलिकमका ८५ लाख ग्राहकले आर्थिक बर्ष ०६८/६९
मा टेलिफोन सेवाबापत ३२ अर्ब ८० करोड ७५ लाखरुपैयँा खर्च गरेका छन् ।
टेलिकमको यो मुख्य आम्दानी हो ।
टेलिकमको प्रमुख सेवा ग्लोबल सिस्टम फर मोबाइल (जीएसएम) र साधारण
टेलिफोनको आम्दानी बढेपछि अघिल्लो बर्षको तुलनामा४ अर्ब रुपैयाँ वृछि
भएको छ । अघिल्लो आव ०६७/६८ मा कम्पनीले साढे २८ अर्ब रुपैयाँ आम्दानी
भएको थियो ।
कम्पनीले आव ०६८/६९ मा कुल आम्दानी ३६ अर्ब र ७९ करोडमध्ये ११ अर्ब ६०
करोड रुपैयाँ राजस्व तिरेको थियो । चालू आव ०६९/७० मा पनि १९ अर्व राजस्व
तिर्ने लक्ष्यसहित काम अगाडि बढाइएको कम्पनीका प्रवन्ध निर्देशक अमरनाथ
सिंहले जानकारी दिएको खबर कारोबार दैनिकले छापेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार टेलिकममा ग्राहक ८५ लाखभन्दा धेरै
छन् । जीएसएम तथा सीडीएमए मोबाइलका ७७ लाख र अरु साधारण टेलिफोनका ८ लाख
प्रयोगकर्ता छन् ।
No comments:
Post a Comment