Friday, April 12, 2013

यूएईमा ४२ नेपाली बन्दी, १ सय ३२ लाई माफी, २ कामदार एक बर्षदेखि बेहोस

३१ चैत, काठमाण्डौं । संयुक्त अरब इमिरेट्समा रहेका सातओटा कारागारमा ४२
भन्दा धेरै नेपालीले विभिन्न आरोपमा जेल सजाय भोगिरहेको पाइएको छ ।
दुवईलगायत सातओटा राज्यमा रोजगारीका लागि पुगेका नेपाली कामदारले स्थानीय
कानुनको उलंघन गरेको अभियोगमा नियन्त्रणमा लिएर जेलमा राखिएको नेपाली
दूतावासले जनाएको छ । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार जेलसजाय
भोगिरहेकामध्ये दुईजनालाई मृत्युदण्डको फैसला सुनाईएकासहित विभिन्न
अपराधमा संलग्नहरु छन् । दुवईस्थित केन्द्रीय कारागारमा मात्र २७ जना
नेपाली बन्दी अवस्थामा रहेको र अन्य ६ ओटा जेलमा त्यतिनै संख्यामा रहेकेा
राजदूत विद्यानन्द झाले जानकारी दिएको खबर राजधानी दैनिकले छापेको छ ।
गम्भिर प्रकृतिका अपराधमा संलग्नदेखि सामान्य नियमउल्लंघन गर्नेलाई पनि
अनुसन्धानका लागिसमेत जेलमा राख्ने प्रावधान छ । सोही आधारमा आरोपको
अन्तिम टुंगो नलागेसम्म सबै आरोपितलाई कारागारमा राखिने गरिएको हो । केही
समयअघि नेपाली दूतावासले गरेको अनुगमनमा केन्द्रीय कारागार दुवईमा रहेका
२७ मध्ये चारजनामात्र मादक पदार्थ पिएर अमर्यादित काम गर्ने रहेका थिए ।
अन्य भने ठगी, चोरी, ज्यान मारेका र सवारी नियम उल्लघंन गरेको अभियोगमा
जेलमा राखिएको हो ।
१ सय ३२ स्वदेश फिर्ता
स्थानीय कानुनअनुसार १ सय ३२ नेपाली भने माफी पाएर स्वदेश फर्किएका छन् ।
संयुक्त अरब इमिरेट्समा अवैध रुपमा बसिरहेका नेपालीलाई मुलुक छाडेर
स्वदेश फर्किन दिएको समयावधिभित्र १ सय ३२ नेपालीले त्यहाँको सरकारी
निकायमा गएर क्षमायचना गरेपछि उनीहरुलाई नेपाल फर्किने आउट पास दिएको हो

यूएईमा २०७० पछि यहाँ रहेका अवैध विदेशी कामदारलाई दुईमहिनाभित्र
क्षमायाचना गरे स्वदेश फकिर्ने अवसरदिने सार्वजनिक घोषणा गरिसकेको छ ।
दुई नेपाली एक बर्षदेखि बेहोस
काम गर्दा गर्दै एक्कासि जमिनमा ढलेर १३ महिना अघि बेहोस भएका इलाम
गजुरमुखी २ का सन्तबहादुर लिम्बु र ११ महिनाअघि अरुकै झगडा र मारपिटका
कारण टाउकोमा गम्भिर चोट लागेका बागलुङका लोकबहादुर घर्तीमगरको अझैसम्म
होस खुलेको छैन् । उनीहरु दूवै वेवारिसे अवस्थामा छन् ।

No comments:

Post a Comment