Friday, April 12, 2013

पैसा कमाउन विदेश गएका अविवाहित युवती बच्चा लिएर फर्किएपछि…

३१ चैत, काठमाण्डौं । रोजगारीका लागि गएका कतिपय अविवाहित युवती
बच्चासहित फर्केर आएका छन् । तिनैमध्येमा पर्छिन, झापा मेचीनगरकी
शकुन्तला श्रेष्ठ । लेबनानमा राम्रो काम लगाइदिने भन्दै दलालको प्रलोभनमा
परेर घर छाडेकी यी २२ बर्षकी अविवाहित साउदीमा बेचिइन् । साथीहरुको
लहैलहैमा लागेर गएकी उनलाई दलालको नामसमेत पत्तो छैन् ।
आठ महिने छोरो च्यापेर नौ महिनाअघि घर फर्किएकी उनले श्रीमान् दिल्लीमा
रहेको भनेर ढाँट्दै आएकी छन् । 'समाजले बाउ खोज्छ,' उनले भनिन्, 'समाजले
गर्ने अवहेलनाका कारण ढाँट्नुको विकल्प रहेन ।'
माइतीमा बस्दा समाजले गर्न सक्ने दुव्र्यवहारका कारण उनी पारिवारिक
सल्लाहमा डेरामा बसेकी छन् ।
साउदीको एउटा घरमा उनले घर मालिकका छोराछोरीको हेरविचार गर्नुपथ्र्यो ।
मालिकको परिवारका दजर्ंन सदस्यलाई खाना पकाएर खुवाउनु, लुगा धुनु र
सरसफाई गर्नु उनको दैनिकी थियो । साउदी पुगेको पाँच महिनापछि घर
मालिक्नीले यातना दिन सुरु गरिन् । साथै मालिक्नीका दुई छोराले दिनहुँ
यौन शोषण गर्ने, बलात्कार गर्ने गरेको र नमाने कुटपीट गर्ने गरेको बताई ।
इन्डोनेसियाकी एक युवतीको सहयोगमा त्यस ठाउँबाट निस्कन सफल भएपनि आफूसँग
पासपोर्ट नभएका कारण प्रहरीले पक्राउ गरी हिरासतमा राखेको र पछि
स्वास्थ्य परीक्षण गर्दा आफू गर्भवती भएको थाहा पाएको उनले बताईन । उनी
जस्ता २३ युवती गर्भवती भएको र उनीहरु जेलमै भएको भन्दै उनले भनिन् -'
बच्चाको बाबुथाहा पाए पनि उजुरी गर्ने निकाय र पाइने सहयोगका बारेमा
जानकारी नहुँदा बच्चा बोकेर आउनुको विकल्प छैन्,' नयाँ पत्रिकामा खबर छ ।

No comments:

Post a Comment