Saturday, April 20, 2013

सामूहिक बलत्कारका ४ अभियुक्त सार्वजनिक

७ च। एक युवतीलाई सामूहिक बलात्कार गरेको अभियोगमा पक्राउ परेका चार
जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
इलाका प्रहरी कार्यालय बुटवलले शनिबार पत्रकार सम्मेलन गरि चार जनलाई
सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा रुपन्देही केरवानी १ का २९
बर्षीय लालबहादुर क्षेत्री, १७ बर्षीय अशोक विक, दाङ पुरनधारा-२ का
डिल्ली घम र कपिलवस्तु पटवा-२ का २३ बर्षीय विष्णु लोनिया चौहान रहेका
छन् ।
उनीहरुले मंगलबार साँझ रुपन्देहीको केरवानीमा सामूहिक बलत्कार गरेर फरार
भएका थिए । फरार भएकाहरुलाई बुधबार प्रहरीले पक्राउ गरेको र जिल्ला
अदालतमा म्याद थप गरि अनुसन्धान प्रकृयालाई अगाडि बढाइएको डीएसपी
राजकुमार बैदावरले बताउनुभयो ।
उहाँका अनुसार मंगलबार बैशाख३ गते साँझदेखि रातभर केरवानी २ स्थित
माछापोखरी खन्ने ठाउँको खेतमा सामूहिक बलत्कार गरेका हुन् । घटनामा
संलग्नमध्ये एक जना अझै फरार रहेको डीएसपी बैदावारले बताउनुभयो ।
युवतीको अहिले बुटवल स्थित लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
सामुहिक बलत्कारपछि विक्षिप्त युवतीलाई स्थानिय महिलाहरुले देखेपछि
उपचारका लागि अस्पताल लगेका थिए ।

No comments:

Post a Comment