Saturday, April 20, 2013

श्रीमतीको हत्या गरी पति फरार

७ वैशाख, स्याङ्जा । स्याङ्जाको बानेथोक देउराली गाविस-२ का धनबहादुर
सार्की आफ्नै श्रीमतीको हत्या गरी फरार भएका छन् ।
वडा प्रहरी कार्यालय वालिङकाप्रहरी निरीक्षक हरिकृष्ण केसीका अनुसार
जिल्लाको दार्सिङ दहथुम गाविस-२ ओडारेमा बस्दै आएका धनबहादुर२७ वर्षीया
श्रीमती तारा सार्कीको हत्या गरी फरार भएका हुन् । ताराको शव धनबहादुरको
कोठामा फेला परेको थियो ।
घटनाका बारेमा थप अनुसन्धान जारी राखिएको र ताराको शवलाई पोष्टमार्टमका
लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा ल्याइएको छ । रासस

No comments:

Post a Comment