Tuesday, April 23, 2013

ठग्न नपाएपछि नाराबाजीमा उत्रिए सुन ब्यापारी

अनुगमन बन्दको माग गर्दै मन्त्रीकहाँ
१० वैशाख, काठमाडौं । उपभोक्तालाई ठगी गर्ने सुन ब्यापारीहरुमाथि सरकारले
कारवाही थालेपछि काठमाण्डौको न्यूरोडका ब्यापारीहरु पसल बन्द गरेर
नाराबाजीमा उत्रिएका छन ।
बाणिज्य बिभागले सोमबार गरेको अनुगमनका क्रममा नेपाल सुनचाँदी रत्न तथा
आभूषण महासंघका अध्यक्ष रमेश महर्जनको आरबी डायमण्डसँगै गणपती ज्वेलर्स
लगायतले उपभोक्तालाई ठगेको पाइएको थियो ।
अनुगमनका नाममा सरकारी टोलीले मानिसहरुको हुल ल्याएर छापा मारेको र
आफूहरुलाई आतंकित पारेको भन्दै महासंघमा आवद्ध व्यवसायीहरुले मंगलबार
दिउँसो पसल बन्द गरेर प्रदर्शनमा उत्रिए । एक्कासी प्रहरीसहित ४०/५०
जनाको ठूलो हुल आएर पसल घेरी व्यवसायीहरुलाई अभद्र रुपमा केरकार गरेको
अध्यक्ष महर्जनले आरोप लगाउनुभयो । परिचयपत्र समेत नबोकेका व्यक्तिहरुले
पसलमा अनुगमन गरेको बाताउँदै उहाँले सरकारको गुन्डागर्दी शैलीको विरोध
गर्दै विरोधमा उत्रिएको बताउनुभयो । व्यवसायीहरुलेसरकारविरुद्ध नाराबाजी
गर्दै न्यूरोडबाट बसन्तपुरसम्म जुलुस निकालेका थिए ।
उनीहरुले आपूर्ति मन्त्री शंकरप्रसाद कोइरालालाई ज्ञापनपत्र बुझाएर
सुनचाँदी पसलमाथि भएको अनुगमन रोक्न पनि माग गरेका छन् । ज्ञापनपत्रमा
उनीहरुले व्यवस्थित रुपमा बजार अनुगमन नभएको जिकिर गरेका छन् । जवाफमा
मन्त्री कोइरालाले व्यवस्थित रुपमा सुनचाँदी पसलको अनुगमन हुने बताउनुभयो

वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभाग नेतृत्वको टोलीले गरेको अनुगमनमा
गहना पसलले तौलमा ठगी गरेको फेला पारेको थियो । ब्यवसायीले बेग्लाबेग्लै
तराजु प्रयोग गर्नुपर्नेमा चाँदी तौलने तराजु प्रयोग गरी सुन र हीरामा
ग्राहकलाई ठग्दै आएको खुलेको थियो । त्यसपछि सरकारी टोलीले तराजुहरु
नियन्त्रणमा लिनुका साथै केही गहन परीक्षणका लागि लगेको छ ।

No comments:

Post a Comment