Tuesday, April 23, 2013

बस दुर्घटनामा २ जना मृत्यु, २० जना घाइते

बरुण पनेरु, डडेल्धुरा, बैशाख ११ - कैलालीको टिकापुरबाट अछामको साफेबगर
जाँदै गरेको ना४ ख ३६०९ नम्बरको कर्णाली रिभरको यात्रुबाहक बस
डडेल्धुराको अमरगढी नपा ११ सल्लाघारीमा दुर्घटना हुदा २ जनाको मृत्यु
भएको छ। भने १७ जना घाईते भएको छन। तीन जनाको अवस्था गम्भीर रहेको छ।
मृत्यु हुनेमा अछाम भागेश्वर-७का रमेश बोहरा, कैलाली टिकापुर नपा-१ की
हिमा बोहरा रहेको प्रहरीले जनाएको छ। गम्भीर रहेका कैलाली टिकापुर-९का
प्रेम दाश, अछाम बैला-८का दानसिंह बिष्ट र अछाम बिन्दाबासिनी-१ की नन्दा
खड्काको नेपालगञ्ज मेडिकल कलेजमा रेफर गरिएको छ। दुर्घटना कसरी भयो भन्ने
बारेमा अहिले सम्म खुल्न नसकेको प्रहरीले जनाएको छ।

No comments:

Post a Comment