Tuesday, April 23, 2013

पशुलाई साइड दिँदा जिप भिरमा खस्यो, दुईको मृत्यु

टेकनारायण भट्टराई, तानसेन, वैशाख ११ - पाल्पाबाट गुल्मीतर्फ जाँदै गरेको
बा ७ च ३३१८ नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। पाल्पा
खस्यौलाी गाविस ३ हाथोक करङगइरा भिरबाट करिब चार सय मिटर तल खसी भएको
दुर्घटना अन्य ६ जना घाइते भएका छन्। मृत्यु हुनेमा एक महिला र एक बालिका
रहेका छन्।
सडकमा पाडोलाई साइड दिने क्रममा पाडो र गाडी सँगै भिरमा खसेको र पाडोको
पनि मृत्यु भएको पाल्पा प्रहरी प्रमुख डिएसपी स्थानेश्वर रेग्मीले बताए।
दुर्घटनास्थल तानसेनबाट १३ किमी टाढा पर्छ।
http://www.nagariknews.com/society/nation/57022-2013-04-23-10-12-16.html

No comments:

Post a Comment