Saturday, April 27, 2013

बोका चोरबाट नब्बे हजार क्षतिपूर्ति असुल

१४ वैशाख, कञ्चनपुर । कञ्चनपुर रडडेल्धुराको सीमा क्षेत्र पातलमा बस्दै
आएका एक व्यक्तिले बोका चोर्ने व्यक्तिबाट ९० हजार क्षतिपूर्ति असुल
गरेका छन् ।
पातलका नकुल घिमिरेले बाख्रा प्रजननका लागि भारतको हल्दानीबाट ३०
हजारभन्दा बढी मूल्य तिरेर दुई वर्षअघि खरिद गरेर ल्याएको जमुनापारि
जातको बोका चोरी गर्ने कृष्णपुर-२ पहरियाका अर्जुन भाटबाट उक्त रकम
शनिबार असुल गरेका हुन् । बाख्रासँगै चराउनका लागि लगिएको ८० किलोभन्दा
बढी तौलको बोका गत चैत १२ गते गैरीपातल भन्ने स्थानबाट चोरी भएको थियो ।
भाटले चोरी गरेको बोकालाई आफना ससुरालीमा लगेर राखेको अवस्थामा घिमिरेले
फेला पारेकाथिए ।
बोका फेला परेपछि घिमिरेले चोरी गर्ने भाटमाथि कारबाही र बोका खोज्न
लागेको पैसा असुलीका लागि इलाका प्रहरी कार्यालय झलारीमा निवेदन दिएकाथिए

चोरी गर्ने कार्यमा संलग्न भाटलाई इलाका प्रहरी कार्यालय झलारीले पक्राउ
गरेपछि इप्रकामै चोरी गर्ने र पीडितपक्षबीचको सहमतिमा बोका खोज्न लागेको
पैसास्वरुप क्षतिपूर्ति रकम उपलब्ध गराउनेसहमतिपछि पैसा उपलब्ध गराइएको
प्रहरीनायब निरीक्षक राजेन्द्र नाथले बताउनुभयो । बोका भने चोरी गर्ने
व्यक्तिलाई नै दिइएको छ । रासस

No comments:

Post a Comment