Tuesday, April 30, 2013

दौडने हनुमान, पगरी गुथ्ने ढेडू !

एमाओवादी : म पहिले पुगें, एमाले : मैले पगरी गुथें
१७ वैशाख, काठमाडौं । भनिन्छ, द्रव्य शाहले छिटो दौडेर गोर्खा राज्य
जितेका थिए । कतिपयले उनले बेलुकै वीच बाटोमा बास बसेर इमान्दार
घलेहरुलाई झुक्याएको आरोप पनि लाग्ने गरेको छ । खैर, जे होस् मंगलबार
बिहान निर्वाचन आयोगको कार्यालयमा पनि यस्तै प्रकारको दौड भयो, एमाले र
एमाओवादीवीच । द्रव्य शाहले जितेको गोरखा राज्यका डा. बाबुराम भट्टराईले
आफू पहिले निर्वाचन आयोग पुगेको दाबी गर्दागर्दै एमालेका नेताहरुले पहिलो
नम्बरमा दल दर्ता गरेर गोर्खा राज्य जितेजस्तै गर्व गरे ।
विगत ०४८ सालदेखि चुनावको अनुभव गर्दै आएको नेकपा एमाले मंगलबार बिहान ६
: १० मा दलबलसहित निर्वाचन आयोग अगाडि पुग्यो ।
त्योभन्दा ४० मिनेट अगावै आफूहरु लाइन लागिसकेको एमाओवादी नेताहरुको दाबी
छ । कार्यालय समय १० बजेमात्रै हो भन्ने राम्रैसित थाहा पाएका नेताहरु ५
घण्टासम्म आयोगमा यसरी खडा हुन तयार हुनुका पछाडिको एउटै कारण थियो,
चुनावी मतपत्रको सुरुमै आफ्नो चुनावचिन्ह अंकित गर्ने लालसा । आखिर
विगतमा एमालेले यसै गरी बाजी मार्दै आएको थियो । गत ०६४ सालको संविधानसभा
चुनावमा एमाले एक नम्बरमा दर्ता भएको थियो र मतपत्रमा पनि सोही आधारमा
सूर्य चिन्ह पहिलो नम्बरमै परेको थियो । यद्यपि चुनावमा भने छैठौं
नम्बरमा रहेको माओवादी पहिलो दल बन्यो । दुई नम्बरमा दर्ता भएको कांग्रेस
परिणमले पनि दोस्रै नम्बरमा पर्यो ।
अघिल्लो संविधानसभा चुनावमा निर्वाचन आयोगले दर्ताभएका दलहरुको सूचिका
आधारमा मतपत्रमा उनीहरुको चुनाव चिन्ह अंकित गरेको थियो । मतपत्रमा आफ्नो
चुनाव चिन्ह शुरुमै राख्दा सामान्य लेखपढ गरेका मतदाताहरु नझुक्किने
विषयमा एमाले नेताहरु शुरुदेखि नै सचेत छन् । यही भएर उनीहरु एकाबिहानै
आयोग कार्यालय पुगेका हुन् ।
अघिल्लो चुनावमा जुन आधारमा दलहरु दर्ता भएका थिए, त्यही आधारमा उनीहरुको
चुनावचिन्ह मतपत्रमा समावेशगरिएको छ । जस्तो त्यसबेला एमाले पहिलो र
कांग्रेस दोस्रो नम्बरमा दर्ता भउको थियो भने प्रचण्ड नेतृत्वको माओवादी
छैठौंं नम्बरमा दर्ता थियो । माओवादीभन्दा अगाडि जनमोर्चा जनशक्ति
पार्टी, राप्रपा र जनमोर्चा नेपाल दर्ता थिए । यही दर्ताका आधारमा
मतपत्रमा चुनावचिन्हको व्यवस्था गरिएको थियो । जस्तो कि विगतको मतपत्रमा
माओवादीको हँसिया हथौडा छैठौं नम्बरमा थियो । मतपत्रको शुरुमा सूर्य
चिन्ह थियो भने दोस्रोमा रुख, तेस्रोमा सूर्यबहादुरको छाता, चौथोमा
राप्रपाको हलो र पाँचौंका जनमोर्चाको तारो थियो । कमल थापाको राप्रपा
नेपाल १३ औं नम्बरमा दर्ता थियो भने मतपत्रमा पनि गाई चिन्ह १३ औं
नम्बरमै राखिएको थियो ।
परम्परा तोड्ने आयोगको वचन विवादास्पद
निर्वाचन आयोगले विगतमा पहिले दर्ता हुने दलको चुनाव चिन्ह मतपत्रमा
अगाडि राख्ने परम्परा अपनाउँदै आएकोमा यसपालि त्यसलाई तोड्ने बचन दिएको छ
। एमाओवादी र एमालेवीच को पहिले दर्ता हुने भन्ने विवाद बढेपछि मंगलबार
बसेको आयोगको बैठकले पहिले दर्ता हूँदैमा मतपत्रको पहिलो सूचिमा नपर्ने
नयाँ प्रावधान अघि सारेको हो । प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले
समेत यसबारे कसैको चित्त नदुख्ने गरी पछि निर्णय गरिने बताउनुभएको छ ।
मतपत्रमा राखिने चुनाव चिन्हको सूचिबारे आयोगले पछि निर्णय गरिने बताए
पनि यसबारे विवादास्पद निर्णय गर्न आयोगलाई गाह्रो छ । पहिले १ नम्बरमा
रहेको र अहिले पनि पहिलो नम्बरमै दर्ता भएको एमालेले विगतको परम्परा
अनुसार सूर्य चिन्हलाई मतपत्रको पहिलो नम्बरमै राख्ने दाबी पक्कै छाड्ने
छैन । तर, मंगलबारको आयोगको निर्णयमा टेकेर एमाओवादी र कांग्रेसले आफ्नो
चुनाव चिन्ह माथिल्लो सूचिमा सार्न जोड गर्ने निश्चित छ । यसक्रममा
एमाओवादीले आफूलाई १ नम्बरमा र सो भन्दा मुनि कांग्रेसले दाबी गर्ने
सम्भावना छ । तर, विगतमा १३ औं र यसपालि तेस्रो नम्बरमा दर्ता भएको कमल
थापाको दलले आफूलाई सूचिबाट तल झार्न मान्ने अवस्था पनि कल्पना गर्न
सकिन्न । यो अवस्थामा अहिले दर्ता भएको आधारमा मतपत्र बनाउँदा पनि आयोग
विवादमा पर्ने छ भने नयाँ निर्णय गर्दा पनि विवादमा मुछिने निश्चित छ ।
यसका लागि दलहरुको चरित्रमा सुधार नआएसम्म समाधान सम्भव छैन ।
हामी दाबी छाड्दैनौं : सापकोटा
एमाओवादी प्रवक्ता अग्नि सापकोटाले हरेक हिसाबले आफूहरु पहिलो भएको दाबी
गर्नुभएको छ । 'हामी साढे ५ बजे नै निर्वाचन आयोग पुगेका हौं तर एमाले
नेता अग्निखरेलको टोली ६ बजेर १० मिनेटमा पुगेको हो ।' सापकोटाले
अनलाइनखबरसँग भन्नुभयो-'उनीहरु छुट्टु भएकाले हामीलाई झुक्याए । हामी
पहिले पुगेको साक्षी त्यहाँका सुरक्षाकर्मी समेत छन् ।' आफूहरु पहिल्यै
आयोगमा पुगेको र विगतको चुनावमा सबैभन्दा ठूलो दलसमेत भएकाले मतपत्रको
पहिलो नम्बरमा एमाओवादीको चुनावचिन्ह राखिनुपर्ने सापकोटाको दाबी छ ।
हामी यो दाबीबाट पछि हट्ने वाला छैनौं ।'- उहाँले भन्नुभयो ।
झुक्किने चुनाव चिन्ह
विगतमा सीपी मैनाली नेतृत्वको नेकपा मालेको चुनाव चिन्ह हँसिया र तारो
रहेका कारण धेरै मतदाताले माओवादी ठानेर मतदान गरेका थिए, जसका कारण
आफ्नो संगठनात्म आधार नभए पनि मालेले समानुपातिकतर्फ ७ सीट जितेको थियो ।
माओवादीको हँसिया हतौडा ठानेर सर्बसाधारणले मैनालीको पार्टीलाई मतदान
गरेका थिए । यसरी थापिएको 'ढोडिया' मा मैनालीको पार्टीले १ लाख ६८ हजार १
सय ९६ मत पाएको थियो । जबकी मालेको भन्दा राम्रो जनाधार भएको र प्रत्यक्ष
सीटमात्रै जितेको राष्ट्रिय जनमोर्चाको भन्दा दोब्बर मत मैनालीको
पार्टीले पाउनुका पछाडि झक्किनेखालको चुनाव चिन्हले काम गरेको थियो ।
चुनाव चिन्ह फेर्न सम्भव नभए पनि झुक्किने खालका चिन्हबारे आफ्नो दलले
आयोगसँग छलफल गर्ने एमाओवादी प्रवक्ता अग्नि सापकोटा बताउनुहुन्छ ।
'विगतमा यसबाट हामीलाई निके ठूलो क्षति भयो ।'-सापकोटाले अनलाइनखबरसँग
भन्नुभ
http://www.onlinekhabar.com/2013/04/65831/

No comments:

Post a Comment