Tuesday, April 30, 2013

नेपालमा बिजुली उत्पादन गर्न अमेरिका र भारतले ४० अर्ब दिने

१८ वैशाख, काठमाण्डौं । अमेरिका र भारतका बहुराष्ट्रिय कम्पनी मिलेर
नेपालको जलविद्युतमा लगानी गर्न सरकार समक्ष प्रस्ताव गरेका छन् ।
भारतको चर्चित बहुराष्ट्रिय कम्पनी यसार रअमेरिकाको गि्रन भेन्चर
इन्टरनेसनलले एकसय ८० मेगावाट क्षमताको कालीगण्डकी कोबान आयोजना
निर्माणमा लगानी गर्न संयुक्त रुपमा प्रस्ताव गरेका हुन् । उक्त आयोजनाको
अनुमानित लागत करिब ४० अर्ब रुपैयाँ छ ।
नेपाली साझेदार अम्बेश्वर इन्जिनियरिङसित संयुक्त उपक्रम (ज्वाइन्ट
भेन्चर) मा यी कम्पनीले उक्त आयोजनाको बिजुली खरिद सम्झौता -पीपीए) का
लागि हालै उर्जा मन्त्रालय र बिद्युत् प्राधिकरणमा निवेदन दिएका छन् ।
यसार समूहले अमेरिका र क्यानडासहित २० मुलुकमा स्टिल, तेल, ग्यास, उर्जा,
सञ्चार, निर्माण सामग्री र खनिज क्षेत्रमा काम गरिरहेको छ । ७० हजारभन्दा
बढी कामदार रहेको यो कम्पनीको बाषिर्क आय १५ अर्व अमेरिकी डलर छ ।
जलविद्युतमा प्रत्यक्ष लगानी आउन नसकिरहेका बेलामाभारत र अमेरिकाका
प्रतिष्ठित कम्पनीले चासो देखाउनुलाई उत्साहजनक रुपमा लिइएको उर्जा सचिव
हरिराम कोइरालाले बताएको खबर अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।source
onlinekhabar.com

No comments:

Post a Comment