Saturday, April 20, 2013

चट्याङ् पर्दा दुईको मृत्यु १७ जना घाइते

बरुण पनेरु, डडेल्धुरा, वैशाख ८ - शनिबार मध्यरात परेको चट्याङका कारण
डोटीको घण्टेश्वर गाविसमा दुई जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका
छन्।
बिजुलीको पोलमा परेको चट्याङ बस्ती भरी फैलिएको थियो। डोटी प्रहरीका
अनुसार डोटी घण्टेश्वर-३ घोरडीका ६५ बर्षिय तारासिंह मल्ल र ५५ बर्षिय
रामकलीदेवी डाँगीको मृत्यु भएको छ।
गाउँमा वितरण गरिएको बिजुलीको पोलमा चट्याङ परेपछि सबै घरमा असर गर्दा १७
जना बेहोस भएको स्थानीय शिक्षक मानबहादुर मल्लले बताए। ठूलो संख्यामा
स्थानीयहरु बेहेास भएपछि गाउँ नै त्रसित रहेको छ। यसैगरी कैलालीमा पनि
चट्याङ पर्दा एक जनाको मृत्यु भएको छ।

No comments:

Post a Comment