Saturday, April 20, 2013

पाँच लाखमा बिहे रद्द !

७ वैशाख, चितवन । पूर्वी चितवनको रत्ननगरमा भएको विवाहसम्बन्धी विवाद
केटापक्षले क्षतिपूर्तिस्वरुप पाँच लाख दिने सहमतिपछि टुङ्गिएको छ ।
टीकाटाला गरिसकेपछि केटाले बिहे गर्न नमानी फरार भएपछि केटीपक्षका
आफन्तहरुले रत्ननगरमा सडक नै जाम गर्न पुग्दा विवाद सतहमा आएको थियो ।
त्यसपछि चितवन प्रहरीले दुवै पक्षलाई बोलाएर छलफल गराएको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनमा भएको छलफलमा केटापक्षले
क्षतिपूर्तिस्वरुप पाँच लाख दिने सहमति भएपछि विवाद टुङ्गिएको चितवन
प्रहरीले जानकारी दिएको छ । रत्ननगर-३ बेल्सीका सुजन खनालले रत्ननगर-८
पर्सौनीकी एक युवतीलाई गत फागुन ३० गते विवाहका लागि टीकाटालो गरेकाथिए ।
विवाहको मिति आइपुग्दा केटाले बिहे गर्न नमानेपछि दुई दिनअघि यहाँ
केटीपक्षले सडक बन्द गरेका थिए । रासस

No comments:

Post a Comment