Monday, April 1, 2013

मुस्ताङ म्याक्स सिंहदरबारमा थन्कियो, रेग्मीलाई डेढ करोडको गाडी

२० चैत, काठमाण्डौं । तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले
चढेको चर्तित मुस्ताङ म्याक्स गाडी भट्टराईको बहिर्गमनसँगै सिंहदरबारमा
थन्किएको छ । प्रधानमन्त्रीको शपथ खाएकै दिन ११ भदौ ०६८ मा डा. भट्टराईले
महँगा विदेशी गाडीको सट्टा स्वदेशमै फिटिङ भएको मुस्ताङ म्याक्स चढेर
चर्चा बटुलेका थिए ।
स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने भन्दै भट्टराईले मुस्ताङ चढेपनि
त्यसको सिको उनकै मन्त्रीले पनि गरेनन् । त्यसैले मुस्ताङ म्याक्सले
सुरुमा ल्याएको तरंग पछि सेलाएको थिायो ।
भट्टराई सरकारको विस्थापन पछि सरकार प्रमुख बनेका खिलराज रेग्मीले विलासी
गाडीमै रुचि देखाएपछि अहिले मुस्ताङ म्याक्स गृह मन्त्रालयमा थन्किएको
नयाँ पत्रिकामा खबर छ । 'प्रधानमन्त्री चढेको गाडी अन्य सामान्य
व्यक्तिलाई चढ्न दिने कुरा भएन, त्यसैले थन्क्याइएको हो,' गृहमन्त्रालयका
एक अधिकारीले भने । यता नयाँ सरकारका प्रमुख रेग्मीले भने डेढ करोड
रुपैयाँ भन्दा बढी पर्ने टोयोटा ल्यान्डक्रुजर चढ्दै आएका छन् ।

No comments:

Post a Comment