Monday, April 1, 2013

नेकपा-माओवादीसहितका ३३ दलहरुले सिंहदरवार घेर्ने

२० चैत, काठमाण्डौं । दोस्रेा पटक हुन लागेको संविधानसभाको चुनावी
प्रक्रियाको विरोध गर्दै आएकासाना ३३ दलहरुले आज सिंहदरवार घेराउ गर्ने
भएका छन् ।प्रमुख ४ राजनीतिक शक्तिले गरेको ११ बुँदे सहमति र अन्तरिम
संविधानका २५ वटा धारामा गरिएको संसोधनप्रति असहमति जनाउँदै आएका साना
दलहरुले विरोधस्वरुप सिंहदरवार घेरा गर्न लागेका हुन् ।
अहिले केहीबेरमा सिंहदरबार पुगि घेराउ सुरु गर्ने नेकपा-माओवादीका
पोलिटव्युरो सदस्य हरिभक्त कंडेलले जानकारी दिनुभयो । सरकारको विपक्षमा
रहेका ३३ दलले ११ बुँदे सहमतिको खारेज र अन्तरिम संविधानका सच्याइएका २५
धारालाई फिर्ता नलिएसम्म आफूहरुको आन्दोलन जारी रहने बताएका छन् ।
आफूहरुको असहमति कायमै रहँदासम्ममा संविधानसभाको प्रयोजनको लागि सुरु
गरिएको मतदाता नामावली सङ्कलन रोक्न आग्रहगर्दै उनीहरुले हिजो निर्वाचन
आयेगका पदाधिकारीसँग छलफल गरेका थिए । निर्वाचन प्रक्रियाको विरोधमा
लागेका दलहरुको नेतृत्व नेकपा-माओवादीले गरेको छ । साना दलहरुले
सिंहदरवार घेराउ गर्ने भएपछि सिंहदरवार वरपरको सुरक्षाव्यवस्था कडा
बनाइएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment