Monday, April 1, 2013

कसरी पक्राउ परे पपुवा न्युगिनिमा ९ नेपाली ?

ऋषि आचार्य, सिड्नी, चैत्र १७- अष्ट्रेलियाको छिमेकी पपुवा न्युगिनिको
अध्यागमा कार्यालयाले ९ जना नेपालीलाई पक्राउ गरेको छ। उनीलाई दुई हप्ता
अघिदेखि अध्यागमन कार्यालयले हिरासतमा राखेको हो। मासिक १२ सय डलर कमाइ
हुने दलालको प्रलोभनमा प्रशान्त महासागरमा अवस्थित टापु राष्ट्र पपुवा
न्युगिनी पुगेका नेपालीलाई त्यहाँको अध्यागमन कार्यालयले पक्राउ गरेको
हो।
दलाललाई जनही ८ लाख बुझाई त्यहाँ पुगेका उनीहरुमाथि पपुवा न्युगिनी
अध्यागमन कार्यालयले नक्कली भिसा प्रयोग गरेको आरोपमा हिरासतमा राखेको छ।
पीडित मध्येका एक प्रकास सापकोटाका अनुसार सबैलाई अहिले पपुवा न्युगिनीको
राजधानी पोर्टमोस्फी जनिकैको बुकास्थित अध्यागमन कार्यालयले थुनामा
राखिएको छ।
'हामीलाई दिल्लीमा २० दिन जति होटलमा राखे। २० दिनपछि१३ मार्चमा हामी
दिल्लीबाट सिंगापुर हुदैं यहाँ आयौं र यहाँ आउने बित्तिकै अध्यागमनले
समात्यो।' पक्राउ परेका मध्ये बाग्लुङका प्रकास आचार्यले टेलिफोनबाट
नागरिक न्युजलाई जानकारी दिए, 'हिरासतमा राखेको दुइ हप्ता हुँदा समेत
अदालतमा पेस गरेको छैन। अनुसन्धान भैरहेको छ भन्ने जानकारी दिएका छन्।'
हिरासतमा जीवन कष्टकर बन्दै गएको उनीहरुको भनाइ छ। अध्यागमनले दिनमा एक
छाक मात्र भात अन्य सि फुड खान दिनेगरेको छ। सापकोटा भन्छन् 'यहाँको
पुलिसले हामीलाई कुनै त्यस्तो नराम्रो व्यवहार त गरेको छैन तर पनि
हामीसँग सुत्नका लागि ओड्ने ओछ्याउने छैन, चिसो भुइमा दिन रात काटिरहेका
छौ।' पपुवा न्युगिनिमा काम गर्ने नेपालीहरुले कहिलेकाही फुर्सत भएको
अवस्थामा भेट्न आउने र खाना ल्यउने गरेका छन्। पपुवा ज्युगिनि सरकारले
दिल्ली र पोर्टमोस्फीमा बसेर नक्कली भिसा बनाउने गिरोहको अनुसन्धान
भैरहेकाले रिरासतमा रहेका नेपालीलाई रहा गर्न अझै समय लाग्ने भएको छ।
अध्यागमान कर्मचारीलाइ उद्रित गर्दै सापकोटा भने यस अघि पनि ९ जनाको एक
लट नेपालीलाई अध्यागमानले फिर्ता पठाइ सकेको थियो।
अष्ट्रेलियाको नेपाली दुतावसले उद्दारको पहल गर्ने
पपुवा न्युगिनिको अध्यागमन कार्यालयको हिरासतमा रहेका नेपालीलाई उद्दार
गर्न छिमेकी अष्ट्रेलियामारहेको नेपाली दुतावासले सहयोग गर्ने भएको छ।
दुतावासका उप नियोग प्रमुख लोकबहादुर थापाका अनुसार नेपालको परराष्ट
मन्त्रालय र अष्ट्रेलिया स्थित पपुवा न्युगिनिको हाइ कमिसनसँग सहकार्य
भैरहेको छ। साथै दुतावासले पक्राउ परेका नेपालीको अवस्था बुझेर सम्पूर्ण
जानकारी नेपालको परराष्ट मन्त्रालयलाई बुझाएको छ। नेपालको पपुवा न्युगिनि
सँग कुनै कुटनीतिक सम्बन्ध नभएकाले पनि सम्पर्क गर्न कठिन भएको थापाले
बताए। अहिले अष्ट्रेलियाको नेपाली दुतावासले न्युजिल्याड, र फिजीको समेत
जिम्मेवारी सम्हाल्दै आएको छ।
कसरी आइपुगे नेपाली पपुवा न्युगिनिमा?
हामी १५ मार्चको विहान पपुवा न्युगिनीको एयरलाइन्स"एयर न्युगिनी ०३९३"
बाट बुका टापुस्थित विमानस्थमा ओर्लेका थियौ। हामीले इमिग्रेसन जाँच पास
नगर्दै तिमीहरुको भिसामा केही समस्या छ र तिमीहरुको भिसा नक्कली हो भनेर
इमिग्रेसन अफिसरले बाहिर ल्यायो। तिमीहरुको एजेण्ट को हो? तिमीहरुलाई
यहाँ कसले लिन आउँदै छ भनेर सोध्यो? अनि हामीले नाम बतायौं। त्यसो भए कति
बेला रिसिभ गर्न आउँछ भनेर सोध्यो र हामीले टाईम पनि दियौं तर हामीले
दिएको टाईममा कोही पनि हामीलाई लिन आएन । त्यसपछि हामीलाई पुलिसको जिम्मा
लगाईदियो। यहाँ अहिले हामी नौ जना छौ। पुलिस कस्टडीमा रहेकाले हामी धेरै
समस्यामा छौं।
यहाँको पुलिसले हामीलाई कुनै त्यस्तो नराम्रो व्यवहार त गरेको छैन। तर
पनि हामीसँग सुत्नका लागि ओड्ने र ओछ्यान छैन। चिसो भुइमा दिन रात काट्दै
छौ। खान पनि एक छाक मात्र थोरै भात दिन्छ। हामी यहाँ सारै दुखमा छौं।
यहाँ नेपालीहरु पनि त्यति धेरै संख्यामा रहेनछन्। नेपालीहरुले कहिलेकाही
उहाँहरुको फुर्सत भएको अवस्थामा खाना ल्याईदिनुहुन्छ, हाम्रो बारेमा
उहाँहरुले नै पत्रपत्रिकामा र नेपालमा आफन्तलाई कुरा पुर्याइदिनु भएको
रहेछ। हुनत पपुवा न्युगिनिको ईमिग्रेसनको मान्छेले हामीलाई तिमीहरु
नआत्ति बस हामी तिमीहरुलाई सुरक्षित साथ घर पठाउछौं भनेको छ। अहिले
नक्कली भिसा कसरी लाग्यो भन्ने कुरामा अनुसन्धान भैरहेको छ। त्यसैले
हामीले तिमीहरुलाई यहाँ राखेको भनिरहेका छन्। तर अब उनीहरुलाई सम्पर्क
गर्न नै गाह्रो छ। अब ईमिग्रेसनको मान्छे सर्म्कमा नआएको एक हप्ता भन्दा
बढी भयो। हाम्रो सबै कुरा उनीहरुसँग नै छ। हाम्रो लगेज, पासपोर्ट, पैसा,
सबै कुरा उनीहरुले नै राखेको छ। हामीले त कसैलाई पनि सम्पर्क गर्न सकेका
छैनौं।
मुकुन्द पौडेल भन्ने स्थानीय दलालले पपुवा न्युगिनी लगेर काम दिलाउँछु
भन्यो। अनि हामीलाई दिल्ली बोलायो। दिल्लीमा उसको डोलेन्द्र भन्ने अर्को
साथी पनि रहेछ। तिमीहरुले त्यहाँ रहेको प्यासिफिक भन्ने प्लास्टिक
कम्पनीमा काम गर्न जादै छौं र तिमीहरुले महिनाको १२ सय डलर कमाउछौं भनेर
उनीहरुले हामीलाई भिसा र टिकट देखाएका थिए। अब भिसा तचेक गर्ने कुरा
हामीले सोचेनौं तर ट्राभलमा गएर टिकटको बारेमा बुझ्दा टिकट सक्कली र पैसा
पनि तिरिसकेको थाहा पाएपछि हामीले उनीहरुलाई विश्वास गरेर ८ लाख रुपैया
तिर्‍यौ। उनीहरुले हामीलाई दिल्लीमा २० दिन जति होटलमा राखे। २० दिनपछि
१३ मार्चमा हामी दिल्लीबाट सिंगापुर र सिंगापुर हुदैं यहाँ आयौं र यहाँ
आउने बित्तिकै समातियौं।
हामीलाई छिटोभन्दा छिटो कसरी हुन्छ नेपाल फर्काउने व्यवस्था गरिदिनु भए
हामी सबैसँग आभारी विनम्र अनुरोध गर्दर्छौ।
पपुवा न्युगिनीको अध्यागमन हिरासतबाट
प्रकाश सापकोटा - वाग्लुङ
दिल बहादुर थापा - वाग्लुङ
माधव शर्मा - वाग्लुङ
दिप बहादुर के.सी - वाग्लुङ
भूपेन्द्र पुन मगर - वाग्लुङ
राजु शर्मा - वाग्लुङ
अर्जुन कँडेल - वाग्लुङ
रामलाल महतो - चितवन
दलबहादुर नेपाली - पर्वत

No comments:

Post a Comment