Monday, April 1, 2013

युएईमा एक नेपाली महिलाको उद्दार

२० चैत, दुवर्इ । संयुक्त अरब एमिरेट्स युएईको दुबइमाएक नेपाली महिलालाई
उद्दार गरिएको छ । इमराती नागरिकको घरमा घरेलु महिला कामदारको रुपमा
कार्यरत महिलालाई मालिकको यातना कारण उनको ज्यान जोखिममा रहेको अवस्थामा
नेपाली जनसंपर्क समिति युएईले उद्दार गरेको हो ।
सिन्धुपाल्चोककी रमिला तमाङ ( नाम परिवर्तन) लाई उनी कार्यरत घरको जोखिम
अवस्थाबाट उद्दार गरि युएईका लागि नेपाली राजदुतावास आबुधाबीको सेल्टर
हाउसमा पुराइएको हो ।
घर मालिकको यातनामा सडकमा वेवारिशे अवस्थामा भौतारिएको अवस्थामा जनसंपर्क
समितिका केन्द्रिय उप-सभापति खेमराज बस्नेत , दुबइ क्षेत्रिय सचिव गोपाल
कंडेल तथा सारजाह क्षेत्रिय उपाध्यक्ष पिताम्बर पाण्डेको संयक्त पहलमा
रमिलालाई उद्दार गरेर दुतावास सम्म पुराइएको हो ।
१९ बर्षिय तामाङ रोजीरोटीका लागि १ वर्ष अघि दुबइ आएकी हुन । उनी के कसरि
युएई छिरेकी हुन भन्ने अझै खुलेको छैन । उनी युएई आउँदा श्रम गरे नगरेको
अहिले सम्म नखुलेको उद्दारकार्यमा जुटेका सहकर्मीहरुको भनाइलाई उद्रित
गर्दै नेपाली काग्रेंसको अन्तरास्ट्रिय भात्री सगंठन नेपाली जनसंपर्क
समितियूएईका अध्यक्ष चित्र केसीले जानकारी दिए । 'नेपाली महिला मालिकको
यातनाले पीडित भएपछि घर छोडेर भागेर सडकमा अलपत्र परेको खबर अर्का नेपाली
सुर्य श्रेष्ठले जानकारी दिएपछि जनसंपर्क समितिले आफ्नो जनशक्ती परिचालन
गरेर उद्दार गरेको हो' केसीले भने ।
उनलाई उद्दार गरेर दुतावास सम्म पुर्याएका छौ , राजदुत धनन्जय झाले पनि
जतिसक्दो छिट्टो प्रकृया पुरा गरेर उनलाई नेपाल पठाउन पहल गर्ने बताएको
समितिका सभापति केसीले बताए । नेपाली जनसंपर्क समिति युएई राजनीतिक
पार्टीको भात्री सगंठन भए पनि प्रवासमा अप्ठ्यारोमा पर्ने सबै नेपालीको
लागि सहयोगी बनेर सामाजिक कार्य गर्ने गरेको केयौ उदाहरण देखिएको यहाँ
कार्यरत नेपालीको प्रतिकृया छ ।

No comments:

Post a Comment