Monday, April 22, 2013

चीनमा डाक्टर पढेका ६६ प्रतिशत अयोग्य !

१० बैशाख, काठमाण्डौ । चीनमा पढेर डाक्टर पेसा सञ्चालन गर्न खोज्नेमध्ये
दुई तिहाइ अयोग्य देखिएका छन् । मुलुकमा चिकित्सा पेसा सञ्चालन गर्न
अनुमतिनिम्ति हालै लिएको ३७ औं लाइसेन्स परीक्षामा चीनमा एमबीबीएस पढेका
२ सय ५७ जनाले परीक्षा दिएकामा ८८ जनामात्र पास भएर पेसा सञ्चालन अनुमति
पाएका छन् । चीनमा पढेका एक सय ६९ जना फेल भएका छन् । नेपाललगायत विभिन्न
मुलुकबाट एमबीबीएस सकाएर लाइसेन्स परीक्षामा सहभागी ४ सय ७० जनामध्ये ५३
दशमल ४ प्रतिशत डाक्टर फेल भएका थिए । केही महिनाअघि लिइएको ३६ औं
लाइसेन्स परीक्षामा समेत चीनमा पढेकामध्ये ७२ प्रतिशत फेल भएका थिए ।
नेपालमा पढेर परीक्षामा सामेल १२ प्रतिशत फेल भएका छन् । मुलुकको विभिन्न
मेडिकल कलेजबाट एमबीबीएस गरेका १ सय १५ जना डाक्टर परीक्षामा सहभागी
भएकामा १४ जना डाक्टर फेल भएका छन् । आजको कान्तिपुर दैनिकले समाचार
छापेको छ । काउन्सिलले फरक देशमा अध्ययन पूरा गरेकाको गुणस्तरमा एकरूपता
ल्याउन १३ वर्षदेखि चिकित्सकलाइसेन्स परीक्षा लिंदै आएको छ । काउन्सिलको
परीक्षा उत्तीर्ण नगरी उपचारमा संलग्न हुन वा मेडिकल चलाउन पाइन्न ।
लाइसेन्स नलिएका चिकित्सकको उपचारबाट कुनै बिरामीको मृत्यु भए ती
डाक्टरमाथि ज्यानमारा मुद्दा चल्न सक्छ ।यसपटकको परीक्षामा विदेशबाट
एमबीबीएस गरेका ३ सय ५५ जना परीक्षामा सहभागी भए पनि २ सय ६ जना फेल भएका
थिए । बेलारुसका चार र माल्दोभाबाट डाक्टरी पढेर लाइसेन्स लिन खोजेका
दुईजनामध्ये यसपटकको लाइसेन्स परीक्षामा कसैले पास गर्न सकेनन् । यस्तै
बंगलादेशबाट पढेर आएका ४२ मध्ये १० जना, भारतका ८ मध्ये दुई जना, कायर्ज
रिपब्लिकका १० मध्ये ६ जना, पाकिस्तानका ४ मध्ये दुई जना, रसियाका १४
मध्ये ८ जना, युक्रेनका १० मध्ये ३ जना फेल भएका छन् ।
फेल हुनेमा नेपालबाट एमबीबीएस गरेका डाक्टरहरूसमेत छन् । काठमाडौं
युनिभर्सिटी स्कुल अफ मेडिकल साइन्स, धुलिखेलबाट एमबीबीएस गरेर परीक्षामा
सहभागी एकजना चिकित्सकसमेत फेल भएका छन् । जानकी मेडिकल कलेज, जनकपुरबाट
एमबीबीएस पढेका ९ जनाले परीक्षा दिएकामा तीनजना फेल भएका छन् ।

No comments:

Post a Comment